साउदी अरेबिया ५५ रनमै समेटियो, नेपाली बलरको विषालु बलिङ, उपाधि भविष्य मलेसियाको हातमा


नेपाली काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले साउदी अरेबियालाई ५५ रनमै समेटेको छ । साउदी अरेबियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरुले विषालु बलिङ गरे । सुशील कँडेल एक्लैले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर चार विकेट चट्काए ।

सुनील धमलाले ६ ओभरमा तीन मेडन राख्दै तीन रन खर्चेर दुई विकेट झारे । प्रेम तामाङले चार ओभर दुई बलमा दुई मेडन सहित दुई विकेट लिए । नेपाल सामू साउदी अरेबियाली व्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । टोली ३३ ओभर दुई बलमै अल आउट भयो । नेपालले यो खेलमा विजय हात पारेपनि उपाधि जित्ने सम्भावना जिवित राख्न अर्को खेलमा दावेदार अफगानिस्तानलाई मलेसियाले फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । अफगानिस्तानको प्रदर्शनलाई हेर्दा नेपालले उपाधि जित्ने सम्भावना निकै न्यून छ ।




प्रतिक्रिया दिनुहोस्...