सुन्दा पनि अनौठो लाग्ने नक्कली वन्दुक लिएर वच्चाहरू वैक लुट्न जादा ....?
एजेन्सी , सुन्दा पनि अनौठो लाग्ने नक्कली वन्दुक त्यसमा पनि साना स्कुले वच्चाहरू ।
इजरायलको राजधानी तेल -अभिवमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १२ र १३ वर्षका दुई स्कुले विद्यार्थी गत पुस २ गते बुधबार बैंक लुट्न हिँडेका थिए त्यो पनि नक्कली बन्दुकको साथमा । दुबैले आफ्नो हातमा सक्कली जस्तो देखिने नक्कली राइफल आफ्नो हातमा लिएका थिए र पछाडि स्कुलको ब्याग पनि भिरेका थिए, सायद लुटिएको पैसा राख्नका लागि होला ।

बैंकमा राखिएका सिसिटिभी क्यामरामा कैद गरिएका तस्बिरका आधारमा ती बालकहरुको पहिचान गराई पुलिसले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ती बालकहरुसँग सोधपुछ चलिरहेको पुलिसले जानकारी दिएको छ । यता, बच्चाहरुको वकिल गील ग्याबेले ती अबोध बालकहरुको अधिकार हनन भएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘ती बालकहरुलाई रातभरी कुर्सीमा सुत्न बाध्य बनाइएको छ जुन गैरकानुनी हो । ’उनी भन्छन्, ‘ती बालकहरुलाई अपराधीको जस्तो नभई अलि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ ।’
स्रोतः डेली मेल