मलाई कसैले बलात्कार गर्यो भने पनि पत्याउदैनन-राखी सावन्त


बलिउडमा धेरै जसो समय बिबादमा आइरहने राखी सावन्त पछ्ल्लो समय फेरी बिबादमा आएकी छन |आफु चर्चित बन्नका लागि उनले आफ्नो साथी मनिषा कुमारीलाइ उक्साएर निर्देशक सचिन्द्र शर्मालाई थप्पड हान्न लगाएको आरोप लागेको छ |

हिन्दी चलचित्र ‘मुम्बई कौन डान्स साला’ का निर्देशक सचिन्द्र शर्मालाई राखीकी साथी मनीषा कुमारीले दुब्र्यबहार गरेको आरोपमा थप्पड मारेकी थिइन् । निर्देशक शर्माकी श्रीमति मधु शर्माले सान्ताक्रुज प्रहरी थानामा राखी बिरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । श्रीमति मधुले राखीले प्रचार प्रशारको लागि साथीलाई उक्साएको आरोप लगाएकी छिन् । तर, राखीले प्रचारमा आउन त्यस्तो नगरेको दाबी गरेकी छिन् । सचिन्द्रका वकिलले दिएको जानकारी अनुसार राखी र मनीषाले जे आरोप लगाएका छन् उक्त आरोपको पुष्टि भएमा जेल सजाय समेत हुन सक्छ । ‘अनावश्यक विषयमा झगडा गर्नुको अर्थ छैन मिलेर आउँ मधुलेर भनेकी छन -यस्तो कामले राखी आफैलाई राम्रो गर्दैन |आफुले जायज कुरा गर्दा पनि मान्छेहरुले नपत्याएको भन्दै राखीले केही अघि भनेकि थिइन् ‘मलाई कसैले बलात्कार गर्‍यो भने पनि मुम्बइमा मान्छेहरु राखीले पब्लीसिटि स्टन्ट गरी’ भन्छन् होला ।आजभोलि मैले राम्रो काम गर्न खोजे पनि अनावस्यक रुपमा त्यो कुरालाई बिबादमा ल्याउने गर्दछन |




प्रतिक्रिया दिनुहोस्...