एजेन्सी । अभिनेत्री शेनाज ट्रेजरीवालले बलात्कार र यौनशोषणबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेकी छन् ।
शेनाजले पत्रमा आफू १३ वर्षको हुँदा बजारमा उनलाई पनि एक व्यक्तिले जबरजस्ती छाएको अनुभव खुलासा गरेकी छन् । उनले आफ्नी हजुरआमाको बाथरुममा गएर नुहाउदा पनि आफ्नो मनमा घिन लागिरहेको बताएकी छन् ।
कलेज जादा र आउदा पनि उनले रेलमा पुरुषको छेडछाड सहन परेको उल्लेख गरेकी छन् । आफ्नी बहिनी र आमामाथि भएको दुव्र्यवहारसमेत खुलाएकी छन् ।
शेनाजको १६ वर्षीय साथीको बलात्कार भएको घटना पनि उल्लेख गरेकी छन् ।
शेनाजले पत्रमा प्रधानमन्त्रीसंग बलात्कारीको फाँसीको माग गरेकी छन् ।
प्रधानमन्त्रीलाई तपाईको देशमा एक महिला दिनदहाडै प्रहरीको अगाडि बलात्कार यौनहिंसाको सिकार भइरहेकी छन् भने अष्ट्रेलिया , जापान र अमेरिकामा गएर भाषण गरेको के अर्थ रहन्छ र ? भन्ने प्रश्न गरेकी छन् ।
तपाई प्रभावशाली व्यक्ति भएका कारण कानुन परिवर्तन गर्नसक्नुहुन्छ भन्ने बुझाई रहेको शेनाजले पत्रमा उल्लेख गरेकी छन् ।
बलिउडका हस्ती अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, क्रिकेटर सचिन तेन्दुलेकर र उद्योगपति अनिल अम्बानीलाई पनि आग्रह गरेकी छन् ।
शेनाजको पत्र अहिले भाइरल बनेको छ ।
शेनाजको पत्रले मोदीलाई बनायो सोच्न बाध्य, के छ पत्रमा ?