म्युजिक भिडियोमा मोडलिङ हुँदै चलचित्रमा पाइला राखेकी छिन् सुरजनी केसीले। कक्षा १२ मा अध्ययन गर्दै गर्दा 'दाजुकी साली' बोलको म्युजिक भिडियोमा मोडलिङ गरी यस क्षेत्रमा प्रवेश गरेकी उनले बीबीए पूरा गरेकी छन्।
अब एक वर्ष मोडलिङ एवं अभिनय गरी एमबीएका लागि विदेश जाने योजना बनाएकी २२ वर्षीया सुरजनी ग्ल्यामरस मोडेल मानिन्छिन्।
'ग्ल्यामर क्षेत्रमा लागेपछि ब्युटी अफ बढी प्रस्तुत गर्न अप्ठ्यारो मान्ने कुरै छैन', उनी प्रस्ट पार्छिन्, 'कतिसम्म जाने भन्ने कुरा आफूमा भर पर्छ।'
शरीर देखाउँदा हेर्न लायकको हुनुपर्ने सुरजनीको मान्यता छ। 'शरीरलाई भल्गर होइन क्लासिक रूपमा प्रस्तुत गर्नुपर्छ। हेर्न लायकको शरीर हुन मेन्टेन चाहिन्छ', उनको भनाइ छ।
र्याम्प मोडलिङ, पेपर एडदेखि टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा समेत अनुभव सँगालेकी उनको डेब्यु चलचित्र 'सपना तिम्रो मेरो' अहिले स्वरांकनमा छ।
'पानीको फोका जस्तै', 'काठमाडौं सहर', 'अमर गीत', 'चुल्ठैभरि', 'हाँसो काफी छ'लगायत ५० बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी उनलाई ऋषिराज आचार्यले सपना तिम्रो मेरोमार्फत चलचित्रमा डेब्यु गराएका हुन्।
सुरजनी केसी भन्छिन, 'हेर्न लायक भए देखाउने हो'
