राहुल गान्धी नेपाली यूवतीसँग बिबाह गर्दै !
भारतमा गान्धी परिवारका राजकुमार उपनामले चर्चित भारतीय काँग्रेस पार्टीका
महासचिव राहुल गान्धीले विवाह गर्ने भएका छन्। गान्धीको बिवाह कुनै भारतीय
घराना, पूर्व राजपरिवार, व्यापारी उद्योगपतीसँग नभएर सञ्चारकर्मीसँग हुन
लागेको हो।
स्रोतका अनुसार राहुल गान्धीले बिबाह
गर्ने लगन गाँठो बाध्ने चर्चा चलिरहेकी ति सञ्चारकर्मी दिल्ली स्थित
सिएनएनमा कार्यक्रम निर्माताको रुपमा कार्यरत छिन्। त्योभन्दा पनि
महत्वपूर्ण कुरा चाहि गान्धीले बिबाह गर्न लागेका ति यूवती नेपाली मुलकी
रहेकी छन्।
नेपालको नेवार परिवारकी ति यूवतीसँग
राहुलको यसैबर्ष बिबाह हुनसक्ने स्रोतले दावी गरेको छ। यद्यपी बिबाहबारे
गान्धी परिवारका तर्फबाट कुनै जानकारी सार्वजनिक गरिएको छैन। स्रोतका
अनुसार राहुलका हुनेवाला ससुरा संयुक्त राष्ट्र सँघका पूर्व जागिरे हुन।
सन् १९७० मा जन्मिएका ४२ बर्षिय राहुलका
पिता राजीव गान्धीले इटालिकी नागरिक सोनिया गान्धीसँग बिबाह गरेका थिए।
उनकी बहिनी प्रियङका गान्धीको रोवर्ट वाड्रासँग बिबाह भइसकेको छ। गान्धी
परिवारमा बिबाह गर्न बाँकी राहुलको नेपाली यूवतीसँग बिबाह हुने चर्चा शुरु
हुन थालेपछि यसले राजनीतिक बृतमा पार्ने प्रभावको आँकलन पनि शुरु हुन
थालेको छ।
बयालिस बर्षिय राहुलको नेपाली यूवतीसँग हुने भनिएको बिबाहको लागि अग्रिम शुभकामना।