काठमाडौं । गर्भावस्थाको दौरान सबैजसो महिलाहरुमा कुनै न कुनै प्रकारको दर्द अवश्य हुन्छ तर यससँगै जोडिएका केही लक्षण पुरुषलाई समेत हुने नयाँ तथ्य सार्वजनिक भएको छ ।डेलिमेल वेबसाईटमा प्रकाशित समाचार अनुसार शोधमा श्रीमती गर्भवती भएको समयमा महिलामा मात्रै नभई पुरुषहरुमा समेत यसका लक्षणहरु देखिने जनाइएको छ ।
युनिभरसिटी अफ मिशिगनका शोधकर्ताले आफ्नो अध्ययनका आधारमा महिला गर्भवती भएको भएको समयमा पतिको शरीरमा हर्मोनमा बदलाब आउने र सेक्स हर्मोन टेस्टोस्टेरोनको स्तर घट्छ ।श्रीमती गर्भवती भएको समयमा पुरुषको व्यवहारमा अधिक विनम्रता आउँछ र पहिलेको भन्दा जिम्मेवार पनि हुन्छन् ।
टेस्टोस्टेरोन र एस्ट्रोजन हर्मोन घट्ने भएकोले पुरुषको आक्रामकतामा कमी आउँछ र अधिक संवेदनशील पनि हुन्छन् ।शोधकर्ताका अनुसार यस्तो परिवर्तन पहिलोपटक बाबु हुन लागेका पुरुषहरुमा बढी देखिन्छ । शोधकर्ता रोबिन एडेलस्टेनका अनुसार पिता बनिसकेपछि पुरुषहरुमा देखिने व्यवहारको सुरुवात श्रीमती गर्भवती हुँदा देखि नै देखिन थाल्छ । शोध अमेरिकन जर्नल अफ ह्युमन बायोलोजी रिपोर्टसमा प्रकाशित भएको हो ।
श्रीमती गर्भवती हुँदा श्रीमानमा समेत असर देखिन्छ, हेर्नुहोस्