Entertainment news
»
अब पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने..
अब पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने..
महिलाले अनावश्यक गर्भ बाट बच्नका लागि गर्भनिरोधकको औषधी लिन नपरोस् ।
आउने तीन वर्षमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने छ ।
बाँदर ‘बैबुन’ मा यो इन्जेक्सनको सफल प्रयोग भएको छ । यसको क्लिनिकल ट्राइल
अर्को वर्ष सुरु हुने बताइएको छ । पुरुषका लागि पहिलो पटक गर्भनिरोधकको
रुपमा यो इन्जेक्सन उपलब्ध हुनेछ । नाफारहित संस्था ‘पेरसीम्स फाउन्डेसन’
पछिल्ला केहि वर्ष देखि पुरुषको गर्भनिरोधक इजेक्सन माथि अनुसन्धान
गरिरहेको छ ।
उक्त संस्थाले लामो समयपछि इजेक्सन ‘वसालजेल’ विकसित गरेको छ । यो वर्षको
अन्त्य सम्म उक्त इन्जेक्सनको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न सकिने
बताइएको छ ।
संस्था पेरसिम्स फाउन्डेसनका प्रवक्ताका अनुसार सन् २०१५ देखि २०१६ सम्म
उक्त इन्जेक्सनको क्लिनिकल टेस्ट मानिसमा हुनेछ । संस्थाले चाँडो भन्दा
चाँडो उक्त इन्जेक्सनलाई बजारमा भित्र्याउन चाहने बताइएको छ । सन् २०१६–
२०१७ सम्ममा यो इन्जेक्सन बजारमा आउने अनुमान गरिएको छ । (एजेन्सी)
Labels:
Entertainment news