राजधानीमै १ हजार बढि बालबालिका यौन व्यावसायमा


 
काठमाडौं, पुस ७ – देश प्रमुख शहर राजधानी काठमाडौंमै एक हजार बढी बालबालिका यौन व्यावसायमा रहेको देखिएको छ ।   तेर दे जोम फाउण्डेशनले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सन् २०१० देखि २०१४ सम्ममा १ हजार ८ सय ९४ जना बालबालिका व्यावसायीक यौन पेसामा रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।  यसरी व्यावसायमा समलग्न हुनेमा अधिकांश १८ बर्ष भन्दा तल्लो उमेर समुहका रहेका छन् ।   ‘नेपालमा यस्तो अवस्था आउनुमा कानुनको निष्क्रियता छ ।’ फाउण्डेशनका नेपाल प्रतिनिधि जोसेफ एल् आँगेटोँले भने ‘यो विषयमा नेपाल का प्रधानमन्त्री तथा राष्ट्रपतिलाई पनि जानकारी गराइसकिएकोृ छ ।’   
उनले यसरी बालबालिका व्यावसायीक यौन पेसामा लाग्नु उनीहरुको आर्थिक अवस्थाका कारण रहेको समेत उल्लेख गरेका छन् ।   फाउण्डेसनले हाल सम्म दैनिक रुपमा १ जनालाई उद्धार गरि विभिन्न व्यावसायमा समलग्न गराइएको तथ्याङ्कमा उल्लेख छ ।   तथ्याङ्कका अनुसार ५ बर्षमा काठमाडौंमा मात्रै १ हजार भन्दा बढि बाल यौन हिंसा हुने गरेको छ । 






प्रतिक्रिया दिनुहोस्...