बक्षस्थल देखाउन पाउनुपर्ने भन्दै प्रदर्शन


न्यूयोर्क, अमेरिकाको न्यूयोर्क शहरमा बक्षस्थल देखाउने कुरामा महिला तथा पुरुषहरूका बीचमा समानता हुनुपर्ने भन्दै एक परेडको आयोजना गरिएको छ । गत आइतबार यहाँ आयोजना गरिएको एक परेड कार्यक्रममा आफ्नो बक्षस्थल खुल्ला राखेका महिलाहरुले परेड गरेर सबैलाइ अचम्मित बनाएका थिए । उक्त बक्षस्थल खुल्ला राखेका महिलाहरुलाई यहाँका पुरूषहरूले पनि छाति खुल्ला राखेर साथ दिएका थिए । शरीरको माथिल्लो भाग खुल्ला राख्नुपर्ने दिवसको सन्दर्भ परेर यस परेडको आयोजना गरिएको थियो । यस प्रदर्शनको थिमलाइ ‘ बुबी ट्रायाप’ नाम दिइएको थियो । 

उक्त परेडमा भाग लिनेहरूले बताए अनुसार सार्वजनिक स्थलमा पुरुषहरुलाई शरीरका माथिल्लो भाग खुला गर्ने अधिकार रहेको हुन्छ भने महिलाहरू यस कुरामा किन बञ्चित हुने ? भन्ने प्रश्न गरेका थिए । अहिले सामाजिक सञ्जालहरूमा यस परेडले निकै चर्चा पाएको छ । 





प्रतिक्रिया दिनुहोस्...