इजरायलमा कार्यरत नेपालीहरुको कमाई घट्दै


बैदेशिक रोजगार क्रममा इजरायलमा कार्यरत नेपालीहरुको कमाई दिन दिनै घट्दै गएको छ | कामदारहरुको तलब नै घटेको भने होइन | तर कामदारहरुले थाप्ने परिश्रमिक इजरायल'ली  मुद्रा सेकेल अमेरिकी डलरको तुलनामा क्रमश: कमजोर हुँदै गएकोले उनीहरुको पाउने तलब सेकेललाई डलरमा साट्द कम्ति हुना गएकोले कमाई घट्दै गएको हो |

बिगत ५ , ६ महिना अघि अमेरिकी १ डलर साट्नको लागि इजरायल'ली सेकेल ३.५० बराबर लाग्ने गरेकोमा अहिले १ डलरको लागि करिब ३.९९ तिर्नु पर्ने भएको छ |

साथै अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ लामो समय देखि स्थिर रहेकोले पनि इजरायलवासी नेपालीहरुको कमाईमा कमी हुना गएको छ | अमेरिकी डलर साट्न आफ्नो कमाईबाट बेसी तिर्नुपर्ने , नेपालमा भने डलरको भाउ जतिको तति भएकोले कमाई बिगतको तुलनामा घट्दै गएको हो |





प्रतिक्रिया दिनुहोस्...