ऐश्वर्या ‘ब्युटी विथ पर्पोस’ को सबैभन्दा सफल सुन्दरी घोषित
लण्डन
– करिब दुई दशक अघि विश्व सुन्दरीको उपाधि हात पारेकी भारतीय अभिनेत्री
ऐश्वर्या राय बच्चनलाई मिस वल्र्ड संस्थाको ६४ औँ संस्करणले आइतबार सम्मान
गरेको छ ।
मिस वल्र्डको इतिहासमा ‘ब्युटी विथ पर्पोस’ को सबैभन्दा सफल सुन्दरी भएको भन्दै ऐश्वर्यालाई उनलाई सम्मान गरिएको बुझिएको छ ।
‘यो उपाधिले मलाई निकै खुसी तुल्याएको छ । उपाधिका लागि मिस वल्र्ड संस्थालाई हृदयदेखि नै धन्यवाद टक्र्याउन चाहन्छु ,’ अवार्ड ग्रहण गर्दै उनले भनिन् ।
टल्कने गाउनमा सजिएकी ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउनु नै ठूलो भएको बताउँदै विश्व सुन्दरीको ताज पहिरिनु आफैँमा गौरवको विषय भएको बताइन् ।
४१ वर्षीय ऐश्वर्यालाई उक्त कार्यक्रममा उनकी आमा ब्रिन्दा, श्रीमान् र अभिनेता अभिषेक बच्चन र उनकी तीन वर्षीया छोरी आराध्याले स्टेजमा साथ दिएका थिए ।
‘देवदास’ र ‘हम दिल दे चुके सनम’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी ऐश्वर्या कान्स फेस्टिबलमा नियमित पाहुना बनेकी छिन् ।
यसपालीको मिस वल्र्डको उपाधि दक्षिण अफ्रिकाकी सुन्दरीले हात पारेकी छिन् । - See more at: http://www.ratopati.com/2014/12/15/190478.html#sthash.MkYZwSIY.bv1Owjjj.dpuf