पाठेघर खस्ने सवालमा अन्तक्र्रिया
ओएस नेपाल, चितवन, १० पौष । युवा समाज नेपाल नारायणगढ र वातावरणीय कृषि तथा विकास केन्द्र काठमाडांैको संयुक्त आयोजनामा महिला प्रजनन् अधिकार कार्यक्रमअन्तर्गत पाठेघर खस्ने सवालमा सरोकारवालासँग अन्तत्र्रिmया गरेको छ । युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मानबहादुर विके प्रमुख अतिथि रहेका थिए । एसपी शम्भु उप्रेती, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष प्रद्युम्नकुमार खड्का, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रतिनिधि रश्मिदेवी राना गैरसरकारी संस्था महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष खगराज ओझा, पत्रकार शालिग्राम नेपाललगायतले सरकारी अस्पतालले निःशुल्क पाठेघरको अप्रेशन गरेको भए पनि दूरदराजका महिलालाई यातायात खर्चको अभाव र परिवारको सहयोग नभएको बताए । जिविस, गाविसहरुले महिलाको नाममा अन्य भौतिक विकासका आयोजनाहरु सञ्चालन गरेको बताए । कतिपयले पाठेघर खसेकोलाई प्राकृतिक हो भन्ने सोच्ने र अन्तिम अवस्थामा स्वास्थ्य केन्द्र जाने अवस्था रहेको वक्ताहरुले बताए । प्रजननसम्बन्धी समस्या लुकाउने गरेकोले महिला अझ बढी पीडित बन्नु परेको सहभागीहरुले बताए । थोरै जन्मान्तरमा धेरै बच्चाहरू जन्माउनु तथा दक्ष स्वास्थ्यकर्मीहरूसँग नियमित पाठेघरको जाँच नगराउने गरेका कारण नेपालका महिलाहरूमा पाठेघर खस्ने समस्याहरू धेरै मात्रामा देखिएको तालिमका स्रोत व्यक्ति विभुकुमार झा र ईश्वरी नेपालको भनाइ छ । महिलाको प्रजनन् स्वास्थ्य अवस्था, प्रजनन् अधिकार, समाजको संरचना, विकास र चेतना अभिवृद्धि, समता तथा समावेशीकरण जनवकालत तौरतरिका तथा रणनीति, मानव अधिकार तथा महिला अधिकारका विविध पक्षमा तालिम केन्द्रित रहेको युवा समाज नेपालका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले बताए ।

