मृत्युदण्ड दिइएको अठार वर्षपछि निर्दोष सावित


बेइजिङ, १ पुस । अठार वर्ष अगाडि हत्या तथा बलात्कारमा दोषी प्रमाणित भइ मृत्युदण्ड दिइएका एक नवयुवकलाई सोमबार एक अदालतले निर्दोष भएको घोषणा गरेको छ । यसलाई गलत निर्णय उल्ट्याइएको कमै देखिने निर्णयको रूपमा लिइएको छ ।

अठार वर्षीय उक्त युवकको नाम हुगजिल्टु रहेको र उनलाई क्योसिलेटुको नामबाट पनि चिनिने गरेको बताइएको छ। निजलाई सन् १९९६ मा भित्री मङ्गोलियामा मृत्युदण्ड दिइएको थियो। सन् २००५ मा सोही आरोपमा अर्को पुरुषले आफू दोषी भएको स्वीकार गरेपछि उक्त निर्णयमा आशङ्का गरिएको थियो । होहोटमा अदालतले एक विज्ञप्ति प्रकाशन गरी भित्री मङ्गोलिया उच्च जनअदालतले हुगजिल्टु दोषी भएको भनी ठानेको निर्णय प्रमाणसँग मिल्दो नदेखिएको र प्रमाण पर्याप्त नभएको उल्लेख गरेको छ। साथै निर्णयमा हुगजिल्टु निर्दोष देखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सत्ताधारी कम्युनिस्ट पार्टीका नेताहरूले चिनियाँ आचरणको कानुनी राज्य बलियो बनाउने दृढता व्यक्त गरेपछि उक्त निर्णय आएको हो । अदालतका उपाध्यक्षले हुगजिल्टुका आमाबुबालाई ३० हजार युआन क्षतिपूर्ति दिएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । सामाजिक सञ्जालले हुगजिल्टुका हाल प्रौढ आमाबुबासँग अदालतका उपाध्यक्षले माफी मागेको देखाइएको तस्वीर राखेका छन् । एएफपी




प्रतिक्रिया दिनुहोस्...