कारियाले फेब्रुअरी १ बाट नेपाली कामदार लैजाने


काठमाडौं,पुस१ – दक्षिण कोरिया जाने कामदारको रोस्तर बनाउने काम सुरु भएको छ ।

भाषा परीक्षा पास गरेकाको सम्पूर्ण व्यक्तिगत विवरण तयार पार्ने काम रोस्टर हो । नेपालस्थित ईपीएस कोरिया शाखाले भाषा तथा स्वास्थ्य परीक्षण उत्तीर्ण भएका कामदारको रोस्टर तयार पारी कोरियाको मानव संसाधन विभागलाई बुझाउने गर्छ । यही रोस्टरका आधारमा कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । ईपीएस कोरिया शाखाका अनुसारगत असोजमा भाषा परीक्षा दिई पास भएकामध्ये २२ सय जनाको रोस्टर तयार पारी कोरियामा पठाइसकिएको छ । कुल तीन हजार ६ सय ६३ जनाले भाषा परीक्षा पास गरेकोमा २२ सय जनाको रोस्टर बनाउने काम भइरहेको ईपीयस कोरिया शाखाले जानकारी दिएको छ । माघ तेस्रो साता (फेब्रुअरी १) देखि कामदार पठाउन थालिनेछ । यसपटक स्वास्थ्य परीक्षणमा एकजना पनि फेल भएका छैनन् । विगतमा स्वास्थ्य परीक्षणमा दर्जनौं परीक्षार्थी फेल हुने गरेका थिए । । ईपीयसका अनुसार प्रहरी रिपोर्टमा भने एकजनाको अब्जेक्सन (असहमति) आएको छ । प्रहरी रिपोर्टमा अब्जेक्सन गरिएका व्यक्तिले कोरिया जान पाउनेछैनन्,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



,

प्रतिक्रिया दिनुहोस्...