२ वर्षभित्र फेरि ट्रायल दिएर लाइसेन्स बनाउनुपर्ने
काठमाडाैं, २९ मंसिर ।
सार्वजनिक यातायातका चालकहरुले दुई वर्षभित्र अनिवार्य रुपमा फेरि ट्रायल दिएर चालक अनुमतिपत्र लाइसेन्स बनाउनुपर्ने भएकोछ । त्यतिन्जेलसम्म भने उनीहरुले पुरानै लाइसेन्सले सवारी चलाउन पाउनेछन् ।
गत बिहीबार मन्त्रिपरिषद्बाट पारित भएको सार्वजनिक यातायत सवारी चालकसम्बन्धी नियमावलीअनुसार दुई वर्षभित्र ट्रायल दिएरु लाइसेन्स लिनुपर्ने भएको छ ।
नियमावलीमा दूई वर्षपछि निजी र सार्वजनिक यातायत चालकको प्रावधान लागू हुने उल्लेख गरिएको छ । सार्वजनिक यातायात चलाउनेलाई हामीले दुई वर्षको अवधि दिएका छौं,’ भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।