घरमै बसेर यसरी गर्न सकिन्छ दादको उपचार
घरमै बसेर गर्नुहोस् दादको उपचार

दाद रोगको उपचार गर्ने तरिका
-रातो खुर्सानीको तेल, मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।
-छाला, नङ औँलाको बीच तथा चेप, हातखुट्टा टाउकाको नियमित सफाई गर्ने र सधैँ सफा गर्ने ।
-दाद आएको भागमा निमको पातले सधैँ सफा गर्ने ।
-आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने ।
-हात खुट्टाको नङ्गलाई सफा राख्ने ।
-रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काईँयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।
-दाद आएको भागमा नङ्गले चिलाउने प्रयास नगर्ने ।
-दाद आएको भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।