फिल्म निर्माता नारायण खतिवडाको शब बाघबजारको होटलमा


काठमाडौं : चलचित्र निर्माता नारायण खतिवडा बागबजारस्थित होटल हार्दिकमा मृत फेला परेका छन्।

 मंगलबार दिउँसो होटलमा आएर कोठा नम्बर १०३ मा बसेका उनले बुधबार अबेरसम्म ढोका नखोलेपछि होटल व्यवस्थापनले प्रहरी बोलाएको थियो।

प्रहरीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका प्रहरी नायव उपरिक्षक विनोद सिलवालले जानकारी दिए।

चितवन निवासी खतिवडाले चलचित्र 'भेटी' र 'लफडा' निर्माण गरिसकेका छन् भने मेरो मान्छे निर्माणाधिन छ।

खतिवडाका आफन्तलाई चितवनबाट बोलाइएको र उनीहरू आएपछि पोष्टमार्टम लगायतका काम अघि बढाइने सिलवालले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्...