डेटिङमा लगेर एक युवकले गलफ्रेण्डको हत्या गरे
नुवाकोट, २४ मंसिर । नुवाकोटमा एक युवतीको हत्या भएको छ । गोरखा जिल्ला थालाचुङ गाविस वडा नंं. ९ की २३ बर्षिया रिता गुरुङको हत्या भएको हो ।
नुवाकोटको सुनखानी गाविस–सात छहरे–टोखा सडक खण्ड नजिकै चांपे बनमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
नुवाकोटको सुनखानी गाविस–सात छहरे–टोखा सडक खण्ड नजिकै चांपे बनमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाबिस वडा नम्बर चारका २५ बर्षिय अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । मृतक गुरुङको मुखबाट रगत निस्किएको, शरीरको तल्लो भागको कपडा फुकालिएको तथा शरीरको विभिन्न अङ्गमा चोट लागेको अवस्थामा सुनखानी गाबिसको वडा नम्बर ७ स्थित सिस्नेरी ठाडेभिरको जङ्गलमा शब भेटिएको नुवाकोटका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभएको छ ।
मृतक गुरुङ सँग लामो समय देखि चिनजानमा रहेको अजितले उनलाई नुवाकोट घुमाउन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
मृतकको शबको स्थलगत मुचुल्का तथा घटनास्थलको अनुसन्धान कार्य भईरहेकाले अहिलेसम्म घटनास्थलबाट शब उठाउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक गुरुङ सरकारी कर्मचारी भएको प्रहरीले जनाएको छ ।
गएराति ढकालसँग मोटरसाइकलमा गुरुङलाई सुनखानी ल्याएर हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा ६४ प २२३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको छ । घटनाको अनुसन्धान भइरहेकाले हत्याको कारण प्रहरीले खुलाएको छैन ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्