मलेसियामा कार्यरत एक नेपाली युवकले आफ्नो हर्कत बिर्सेंर आफ्नै आमा सरहको इजरायलमा कार्यरत नेपाली चेलीलाई फेशबुक च्याट मार्फत यसरी दुर्व्यबहार गर्यो।
इजरायल, भर्खरै मात्र इजरायलमा कार्यरत नेपाली महिलाहरुमाथि नकारात्मक
धारणा राख्दै नकारात्मक फेसवुक च्याट प्रसंगलाई उद्वेलित गर्दै खाडीमा
कार्यरत एक नेपालीले अनलाइनमा एउटा आलेख सम्प्रेसण गर्दा त्यसप्रति आक्रमक
बनेका इजरायलवासी नेपालीहरुलाई शान्त पार्दै लेखकले क्षमा याचना गरेको केही
दिन बित्दा नबित्तै खाडी मुलुकको मलेशियामा कार्यरत एक नेपालीले इजरायलमा
कार्यरत नेपाली महिलालाई फेसवुक च्याट मार्फत गाली गलौज गर्दै दुर्व्यवहार
गरेका छन् । फेसवुकको प्रोफाइल हेर्दा र प्रोफाइलमा राखेका फोटोहरु हेर्दा
मलेशियामा सेक्युरीटी काम गर्दै आइरहेको अनुमान गर्न सकिने महेश्वर खड्का
(महेश्वर पुवार खड्का) नाम गरेका ति व्यक्तीले इजरायलको रखोवोतमा काम गर्दै
आइरहेकी ३ सन्तानकी आमा एक नेपाली महिलालाई विना कारण गालीगलौजपूर्ण
तरिकाले दुर्व्यवहार गरेका हुन् ।
“म नियमित विहानको काम गर्दै थिएँ, कम्प्युटर खुलै थियो, एकछिन विश्राम
गर्दै कम्प्युटरमा के हेरेको थिएँ एउटा अपरिचित व्यक्तिले च्याटमा हेलो
लेखेको रहेछ, मैले त्यो म्यासेज नहेर्दै उसले ‘इजरायलको डलर त चाहिदैन त
मलाई बोल्दा पनि भइहाल्छ नि !’, भनेर लेखेको रहेछ, प्रतिउत्तरमा मैले हेलो
तपाँई को हो ? किन बोल्नै पर्छ भन्ने पनि त छैन, फेरी नचिनेको मान्छेसँग
किन बोल्नु र विना काममा, के तपाईले इजरायलमा काम गर्नेजति सबै विना काममा
बोलिरहन्छन कि जस्तो लाग्यो र डलरको कुरा गर्नुहुन्छ ? होइन, इजरायलमा
चाहिं डलर रुखमा फल्छ र ? मैले एकै लाइनमा जवाफ दिएँ” – ति महिलाले नेपाल
इजरायल डट नेटलाई बताउदै अगाडि भनिन्- “त्यसपछि उसले नानाथरी गाली गलौजहरु
गर्दै गयो जुन शव्दहरु म कसैलाई उच्चारण गरेर बताउन त सक्थिन नै त्यसमा पनि
मेरो जीन्दगीमा म माथि यस्ता शव्दहरु कसैले पहिलो पटक प्रयोग गरेको थियो ।
“ उनले अत्यन्तै विचलित निर्दोश हुदाहुदै अचानक प्रहार गरिएका ती
शव्दहरूले निकै चोट पुगेको हामीलाई सुनाइन । फेसवुक प्रोफाईलको आधारमा
इटहरी स्थायी ठेगाना भएको हाल मलोशियामा रहेको र श्री पिसजोन उच्च
माध्यामिक वोडिङ स्कूल इटहरी १ सुनसरीमा अध्ययन गरेको देखिन्छ । फेसवुकमा
पारिवारिक सदस्यमा दुर्गाचन्द्र पौडेलको नाम राखिएको छ ।
एक नेपालीले अर्को नेपालीको इज्जत गर्न नसक्नु, सभ्य शव्दहरू प्रयोग गर्न
नसक्नु अनी आमा, दिदिको उमेरका महिलाहरूसंग यस्ता किसिमका हर्कत गर्नुले
नेपाली संस्कार र संस्कृतीमाथी नै प्रश्नचिन्ह्र लाग्छ । इजरायलमा
रहेकाहरूको काम फेसवुक चलाउनु मात्र हो , उनीहरूको कामै नगरी डलर टिप्छन् र
जो पायो त्यहीसंग फेसवुक च्याटमा मस्त हुन्छन् भन्ने भ्रममा परी जे पायो
त्यही लेख्दा र वोल्दा ठुलो वेईज्जती र क्षती समेत वेहोर्नुपर्ने
सत्यतालाई नकार्न सकिदैन । राम्रो सोच र नराम्रो सोच भएका मानिसहरू
संसारको जुनै कुनामा पनि हुन्छन् चाहे त्यो नेपाली होस् चाहे विदेशी
त्यसैले सवैलाई नकारात्मक दृष्टीले हेर्दा पत्तै नपाई कहिल्यै उत्रिन
नसक्ने गरी खाडलमा जाकिन पनि वेर लाग्दैन । आफु, आफ्नो परिवार तथा
राष्ट्रकै खातिर संघर्ष गर्दै प्रवाससम्म आईपुगेका त्यसमा पनि इजरायलजस्तो
विकसित मुलुकमा आईपुगेका महिलाहरूलाई कमजोर ठान्नु , पैसाको प्रलोभनमा
पर्छन् की भन्ने सोच्नु नै आफैमा हास्यपद कुरा हो, उनीहरूले समाज र
राष्ट्रलाई नै निकै योगदान दिईरहेका छन् ।
केही नराम्रा नियत भएकाहरूलाई छोडेर धेरैलाई इजरायलले महिलाहरूको आत्मवलमा
दरिलो इट्टा थपिदिएको छ ।
यसरी विना कारण अपरिचित महिलालाई गाली गलौज गरेर मान हानी गर्दा साईवर
अपराधको मुद्दा लाग्ने र जेलसम्म पुग्न सक्ने कुरालाई विर्सिदा कहिलेकाही
दशाले कुत्कुत्याएको पनि हुन सक्छ त्यसैले फेसवुकमा नक्कली आईडी वनाउने र
विनाकारण अरूलाई अपशव्द वोलेर मानशिक यातना दिनेहरू आजैदेखी होसियार ?
कतै तपाईको त्यो हर्कत प्रहरी अनुसन्धानको क्रममा त रहेको छैन ?
स्रोत: नेपाल इजरायल डट नेट