प्रहरीलार्इ पढाउँदै बाबुरामले भने-ठूलासँग नडराअाैं, गरिबलार्इ नहेपाैं


फोटो :फोटो बाबुराम भट्टरार्इको फेसबुकबाट (प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलार्इ पढाउँदै नेता भट्टरार्इ)
काठमाडौं : कुनै बेला माओवादी लडाकुलार्इ पढाउने एकीकृत माओवादीका बरिष्ठ नेता बाबुराम भट्टरार्इ मंगलबार फरक ठाउँमा भेटिए । माओवादी शान्तिप्रकृयामा आएपछि माओवादी लडाकु विघटित भइसकेको अवस्थामा उनले मंगलबार नेपाल प्रहरीका प्रशिक्षार्थी अधिकृतहरुलार्इ पढाए ।


भट्टरार्इले नेपाल प्रहरीका प्रहरी निरीक्षकहरुलार्इ पढाएका हुन् । केही समयअघि कलेजका विद्यार्थी र निजामति कर्मचारीहरुलार्इ समेत पढाउन भ्याएका भट्टरार्इले मंगलबार नेपाल प्रहरीको  १५८औं समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलार्इ पढाएका हुन् ।

प्रशिक्षण दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेपाल प्रहरीले गरिव र कमजोर जनतालाई हेप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए । ‘ठूला र माथिकासँग दब्ने र तलका गरिबलाई हेप्ने पुरानो सामन्ती सोंच र संस्कार पनि बदल्न आवश्यक छ’, उनले भने । प्रहरीले संघीयतालाई आत्मसात गर्दै नयाँ संविधान बनेपछि बन्ने संघीयतामा प्रहरीको संरचना पनि बदलिने हुँदा सोहीअनुसार मानसिकता बनाउन पनि उनले जोड दिए ।

नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनले अझै सुधारको खाँचो रहेको बताए । उनले प्रहरीमा लोकतान्त्रीकरणको प्रकिया तीब्र पार्न भन्दै , प्रहरी संगठनलाई समावेशी/समानुपातिक बनाउन पनि जोड दिए । ‘अफिसर–क्याडरको सम्बन्धमा पनि सुधारको खाँचो छ’, उनले भने, ‘माथिकाले तलकालाई हप्काउने, अश्लील शब्द प्रयोग गर्नेजस्ता सामन्ती संस्कार हटार्इ अफिसर–क्याडर सम्बन्धलार्इ लोकतान्त्रिक र समतामुलक बनाउनु आवश्यक छ ।’


प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलार्इ पढाउँदै बाबुराम भट्टरार्इ
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका डा. भट्टराईले प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘नयाँ नेपाल र प्रहरी सेवा’ बारे पढाएका हुन् ।

संस्थागत भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारप्रति शुन्य सहनशीलता, कुशल र चुस्त सेवा प्रवाह, राजनीतिक हस्तक्षेपको प्रतिरोध र ‘प्रहरी नियमावली’को मनपरी संशोधनको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।  परम्परागत र बयानमुखी अनुसन्धान प्रणालीमा परिवर्तन र सूचना/प्रमाणमुखी वैज्ञानिक अनुसन्धानको पालना, शासकको होइन जनता/करदाताको ‘नून’ खाएको बोध गरी समुदायलक्षित प्रहरी सेवामा ध्यान दिनुपर्ने उनले बताए ।

उनले ‘प्रहरी ऐन–२०१२’ लाई शिघ्र नयाँ ऐनले प्रतिस्थापन, अधिकृत र जवानहरुको वृत्तिविकास प्रणालीमा रहेको अनिश्चितताको अन्त्य, स्वतन्त्र र अधिकारसम्पन्न ‘प्रहरी सेवा आयोग’ स्थापनामा जोड दिए ।

छुट्ट्रै महानगरीय प्रहरी ऐन वा नियमावली, वैज्ञानिक र बस्तुपरक जनशक्ति व्यवस्थापन प्रणाली, वैज्ञानिक अनुसन्धानका लागि आधुनिक साधन–स्रोत र प्रयोगशालाजस्ता कानुनी र संस्थागत सुधारको आवश्यकता जरुरी रहेको भट्टरार्इको भनाइ थियो । उनले अपराधीलाई नभइ अपराध र त्यसको कारक तत्वलाई घृणा गर्न पनि आग्रह गरे ।

प्रशिक्षणमा उनले पूँजीबादको विकास देखि कम्यूनिष्ट आन्दोलनबारे समेत प्रहरीलार्इ पढाए । प्रशिक्षणका क्रममा भट्टरार्इले बन्दै गरेको सं‍विधानबारे पनि प्रहरी अधिकृतहरुसँग अन्तरकृया गरेका थिए ।

नेपाल प्रहरीका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु बाबुरामको कक्षा लिँदै




प्रतिक्रिया दिनुहोस्...