पेशावर हमलामा भारत जिम्मेवारः पूर्व राष्ट्रपती मुर्सरफ


ओएस नेपाल, इस्लामावाद, पुस ३ – पाकिस्तानी मन्त्रीहरुले पेशावर हमलामा भारतले फैलाएका सहयोगी हातहरुको प्रशंसा गरिरहेका बेला पाकिस्तानका पूर्व राष्ट्रपती परवेज मुर्सरफले भने १३३ विद्यार्थीसहित १५१ को आमसंहार हुनुको पछाडि भारत जिम्मेवार रहेको बताएका छन् ।

‘तपाईंलाई थाहा छ को हुन् मौलाना फाजलुला ? उनी तेहरिक–इ–तालिवानका पाकिस्तान कमान्डर हुन् । उनी अहिले अफगानिस्तानमा छन् । म यसमा विश्वस्त छु कि पकिस्तानको हमलाका लागि उनलाई पूर्व कारजाई सरकार र ‘रअ’ले सहयोग गरिरहेको छ,’ मुर्सरफले सिएनएन–आइबीएनले एक अन्तर्वातामा बताए । पाकिस्तानी पूर्व राष्ट्रपतीले घटनाका सबै दोषीलाई भारतले नै प्रशिक्षण दिइरहेको ठोकुवा गर्दै पाकिस्तानमा हमलाका लागि तालिवानका कमान्डरलाई अफगानिस्तान र भारतले संरक्षण दिइरहेको बताए ।




प्रतिक्रिया दिनुहोस्...