कपाल झर्नरोक्ने पाँच उपायहरु
के तपाई पनि कपाल झर्ने समस्या बाट हैरान हुनु भएको छ ? यदि छ भने तपाई कत्तिको तनावमा हुनुहुन्छ ? यो त समस्या भोग्नेलाई भन्दा अरुलाई के थाहाहोला। यदि तपाईं कपाल झर्ने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने यी उपाय गर्न सक्नुहुन्छ । ताकि तपाईलाई तनावबाट छुटकारासमेत मिल्छ । यसका केही उपाय यस्ता छन् ।
अनहेल्दी डाइट स्वस्थ डाइटले छाला मात्र नभई कपालको सौन्दर्यतालाई समेत निखार ल्याउँछ र अनहेल्दी डाइटले छालाको साथै कपालसम्बन्धी समस्या पनि ल्याउने गर्छ । यसकारण दैनिक रूपमा हेल्दी डाइटको प्रयोग गर्नु राम्रो हुन्छ । साथै धेरै मसला भएको खानेकुरा पनि कम खाने गर्नु राम्रो हुन्छ । भेज, नन९भेज खानाको साथमा फलफूल, ड्राई फ्रुट्सको प्रयोग दैनिक रूपमा गर्नुपर्छ । तनाव आजकलको दैनिक जीवन निकै तनावपूर्ण हुने गर्छ । मानिसको शारीरिक तथा मानसिक तनावले पनि कपालको जरा कमजोर बनाउछ र कपाल झर्ने समस्या बढ्छ । यसकारण तनावबाट बच्नु राम्रो हुन्छ । तनावबाट मुक्ति पाउनका लागि योग या मेडिटेशन गर्नुपर्छ । तनाव लिने बानी कम गर्ने जसले गर्दा स्वस्थ रहन मद्धत पुग्छ । प्रदुषण कपाल झर्ने अर्को कारण प्रदुषणसमेत हो । केमिकलयुक्त धुँवा, माटो आदीले कपाल र छालाको स्वस्थतालाई प्रभावित गर्छ । यसले छालामा पिम्पल्स आउने गर्छ र कपाल रूखो भएर चुडिने र झर्ने गर्छ । यसबाट बच्नका लागि बाहिर निस्किँदा सकेसम्म कपाललाई स्कार्फ, टोपी आदीले ढाक्ने गर्नुपर्छ । यस्तो गर्दा कपाल सिधा प्रदुषणबाट जोगिन्छ र कपाल झर्ने समस्यामा कमी आउँछ । मौसम परिवर्तन कपाल बढ्ने या झर्नुमा मौसमले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसममा आएको बदलावका कारण कपाल झर्ने सम्भावना बढ्छ । यसका लागि मौसम अणुसार कपालको स्याहार गर्ने गर्नु पर्दछ । जाडोमा कपाल रूखो हुन्छ, यसबाट बच्नका लागि तेलले कपालको मसाज गर्ने, वर्षाको मौसममा कपालमा डेन्ड्रफको समस्या देखिने हुँदा एण्टीडेन्ड्रफ सेम्पुको प्रयोग गर्ने गरे फाइदा गर्छ । औषधिको प्रयोग बिमारी हुनुको कारण पनि कपाल झर्ने गर्छ भने केही औषधीहरूको नियमित प्रयोगले पनि कपाल झर्ने गर्छ । लामो समयसम्म गर्भनिरोधक औषधी खाने, एस्पिरिन र एण्टी९बायोटिक्स प्रयोग गर्नाले कपाल झर्ने समस्या देखीन सक्छ । यसका लागि चिकित्सकलाई नसोधी कुनै पनि औषधीको प्रयोग नगर्ने ।