खुशी लाग्यो, सलमान र शाहरुखको दुवै गुण म भित्र रहेछ -आर्यन सिग्देल
नेपाली चलचित्रमा पछिल्लो समयमा निकै चलेका नायक आर्यन सिग्देल यतिबेला निकै दोधारमा परेका छन |अर्का नायक सुबाश थापाले आर्यन नायक नभई क्यारिकेचर गर्न मात्र सिपालु एउटा पात्र संग तुलना गरेका थिए |आर्यन यस कुराले निकै आक्रोसित पनि बने किनकि सुबासले उनलाई सलमान र शाहरुखको स्टायल चोरेको तर आफु भित्र कुनै क्षमता नभएको आरोप लगाएका थिए |
आर्यनलाई भनेका छन आर्यन कुनै नायक हैन उसमा नायकमा हुनुपर्ने गुण पनि छैन |सलमानको जस्तो ब्रासलेट लगाउछन ,शाहरुखको जस्तो अभिनय गर्छन |सुबासको यो कुराले आर्यन निकै आक्रोसित बनेका छन तर उनले सभ्य शैलीमा भने -मलाई खुसि लग्यो त्यति ठुला हस्ती संग मेरो तुलना गरिदिनुभएकोमा ,यति धेरै कलाकारको सामु मेरो नाम लिनुभएकोमा मलाई खुसि लागेको छ ,नेपालमा यती धेरै कलाकार हुँदाहुँदै किन उहाँले मलाई नै टार्गेट गरेर यस्तो भन्नुभयो त ?सायद म भित्र केही रहेछ भन्ने उहाँलाई पनि लाग्दो रहेछ नि ।’ आर्यनले आफू भित्र सलमान र साहरुख दुबैको खुबी हुनु राम्रो कुरा भएको बताए । उनले भने-‘यो त राम्रो कुरा हो कि, बलिउडका दुई महारथीको गुण म एक्लै भित्र रहेछ ।’ आर्यनले आफूलाई आजसम्म दर्शकले यस्तै स्टाइलमा मन पराएको भन्दै जनताको माया पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको खुलाए ।आफुलाई सामान्य कलाकार मान्दै आएका उनले आफ्नो नाम सलमान र शाहरुख संग जोदिदा खुसि त माने तर उनले कुन अर्थमा खुसि भए त्यो बुझ्न सकिएन |
