पाकिस्तानको सैन्य विद्यालयमाथि आक्रमणमा संलग्न पक्राउ
काठमाडौं, पौष ७ । पाकिस्तानको पेशावरस्थित सैन्य विद्यालयमा भएको नरसंहारमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको छ ।
पाकिस्तानी आन्तरिकमन्त्री चौधरी निसार अली खानले आक्रमणको सहजकर्ताहरुलाई पक्राउ परेको बताएका छन् । १ सय ३२ जना स्कुले विद्यार्थीसहित १ सय ४१ जनाको ज्यान लिने गरी भएको सो नरसंहारपछि तालिबानले अर्को आक्रमणको योजनाबनाउँदै गरेको गोप्य जानकारी प्राप्त भएको पनि उनले जिकिर गरे ।
उत्तर पश्चिम बजिरिस्तानमा पाकिस्तानी सेनाले आफूहरुविरुद्धको सैन्य कारबाहीको जवाफमा सैन्य स्कुलमा आक्रमण गरेको स्पष्टिकरण तालिबानले दिएको छ ।
घटनापछि पाकिस्तानमा स्थगन गरिएको मृत्युदन्डको सजायंलाई ब्युँत्याउँदै केहीलाई मृत्युदन्डको सजाय समेत दिइसकेको छ ।
आइतबार (हिजो) मात्र सन् २००३ मा तत्कालीन राष्ट्रपति परवेज मुशर्रफको हत्या योजनामा संलग्न चारजनालाई मृत्युदन्ड दिइएको थियो । (एजेन्सी)