उत्तर कोरिया आतंकवादलाई प्रायोजन गर्ने मुलुक : ओबामा


काठमाडौं, पौष ७ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियालाई आतंकवादलाई प्रायोजन गर्ने मुलुकहरुको सूचीमा राख्न विचार गरिरहेको बताएका छन् । सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर बनाएको विवादास्पद हास्य फिल्म ‘इन्टरभ्यू’ ह्याक गरेको उत्तरमाथि आरोप लागेपछि ओबामाको यो भनाइ आएको हो ।

उनले उत्तर कोरियाको कदम युद्धनभइ साइबर नोक्सानी भएको बताए । अमेरिकी टेलिभिजन ‘सीएनएन’सँगको अन्तर्वाताका क्रममा ओबामाले तथ्य प्रमाणहरुको अनुसन्धानपछि मात्रै उत्तर कोरियालाई आतंकवादलाई प्रायोजन गर्ने मुलुकको सूचीमा राख्नेबारे निर्णय लिइने बताए ।

सन् २००८ अघि दुई दशकसम्म अमेरिकाले उत्तर कोरियालाई आतंकवादलाई प्रायोजन गर्ने मुलुकहरुको सूचीमा राखेको थियो । तर, आफ्ना आणविक केन्द्रहरुको पूर्ण प्रमाणीकरण गर्न सहमति जनाएपछि उत्तर कोरियालई उक्त सूचीबाट हटाइएको थियो ।

यता, उत्तर कोरियाले साइबर आक्रमणको आरोप अस्वीकार गर्दै संयुक्त जाँचको प्रस्ताव गरेको छ । सोनी पिक्चर्स कम्पनीले फिल्म क्रिसमसमा रिलिज गर्ने तिथि सारेर विभिन्न विकल्प खोजिरहेको जनाएको छ ।

फिल्ममा उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा आधारित विषयवस्तु रहेको बताइएको छ । (एजेन्सी) - See more at: http://imagekhabar.com/samachar/detail/44078/28/.shtml#sthash.hNp9T4DO.dpuf





प्रतिक्रिया दिनुहोस्...