साउदीमा मृत्यु दण्ड पाएकी शोभा परियारको छोरालाई सहयोग -


नेपाल जापान डट कम सम्बाददाता-
गुणराज शर्मा,स्विजरल्याण्ड-स्विजरल्याण्डमा आयोजित रनिङ शिल्ड भलिबल प्रतियोगितामा आरगाउँ टिमबाट सहभागी भर्इ दोस्रो स्थान हासिल गरी प्राप्त पुरस्कार रकम साउदीअरबमा मृत्युदण्ड पाएकी तनहुँ भिमादकी शोभा परियारको परिवारको पढाइ खर्चका लागि सहयोग गरेका छन् ।
साउदीअरबमा मृत्युदण्ड पाएकी तनहुँ भिमादकी शोभा परियारका छोरा दिवस नेपालीको पढाई र उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले पुरस्कार रकम सहयोग गरेका छन् ।पुरस्कारबाट प्राप्त रकम तीन सय स्विस फ्रान्क अर्थात २९ हजार ९ सय १७ रुपैयाँ शोभा परियारकी छोरा दिवस नेपालीको नाममा तनहुँको दमौली स्थित माछापुष्छ्रे बैंकमा खोलिएको खातामा जम्मा गरिएको छ । उक्त आरगाउँ टिममा खेलाडीहरु गुणराज शर्मा, तीलक थापा, प्रेमकृस्ण भारती, भूमी गुरुङ, बिरु गुरुङ, हिरालाल श्रेष्ठ, स्वीकृत लम्साल र टिम म्यानेजर देवेन्द्र अर्याल थिए ।
हजुरआमा र हजुरबुबा संगै बस्दै आफ्नो पढाई अगाडी बढाई रहेका दिवसलाई विभिन्न ठाउबाट आएको सहयोग रकम उनको नाममा खोलिएको खातामा जम्मा गरिएको र उक्त रकम दिवसको उपचार र पढाईमा खर्च गरिने शोभा परियारकी बहिनी रेखा परियारले बताइन् ।






प्रतिक्रिया दिनुहोस्...