धर्म परिवर्तन विरुद्ध हिन्दू आक्रोश, कतै बन्द कतै पुतला दहन
ओएस नेपाल, काठमाडौँ, मंसिर २९ । हिन्दू धर्म र हिन्दूधर्मालम्बिमाथी हस्तक्षेप भएको भन्दै त्यसका विरुद्ध हिन्दू जागर नेपालले देशभर विभिन्न अभियान सुरु गरेको छ ।
हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको अभियानलार्इ निरन्तरता दिदै हिन्दु जागरण नेपालले विभिन्न गतिविधि संचालन गर्दै आउने क्रममा दाङ जिल्ला बन्द गरेको छ ।
हिन्दु जागरण नेपाल दाङ जिल्ला समितिले संगठन विस्तार गरी सो जिल्ला भरि नै व्यापक रुपले भइरहेका धर्म परिवर्तनको बिरुद्ध जिल्ला बन्द गरेको हो ।
जिल्ला बन्दसँगै पर्चा वितरण , सार्वजनिक स्थान मा सूचना टाँस्ने, कोण सभा, अन्तरक्रिया कार्यक्रम, बौद्धिक र्ग सँग छलफल, जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र बुझाउने, मोटर साइकल र्याली जस्ता कार्य गरेर बारम्बार पहल गर्दा पनि प्रलोभनमा पारेर धर्म परिवर्तन कार्य निरन्तर रहेकाले जिल्ला बन्द गर्नु परेको हिन्दू जागरण नेपाल दाङ जिल्ला समितिले जनाएको छ ।
समितिले मङ्सिर २८ गते दाङ जिल्लामा लमही भालुवांग आदि विभिन्न नाकामा बिहान ९ बजे देखि ११ बजे सम्म २ घण्टा बन्द गरेको हो ।
सकेसम्म जनतालार्इ दुख नहोस भन्ने उद्देश्य लिएको हिन्दु जागरण नेपाल दाङले जनाएको छ । हिन्दू जागरण नेपाल दाङ समितिले भजन कीर्तन नाच गान गरी बन्दलाई निरन्तरता दियो ।
हिन्दू जागर नेपालका अभियन्ता रामकृष्ण उपाध्यायले भने बन्द राम्रो कार्य होइन तर पनि यो सरकार र प्रशासनले बिना बन्द सुन्ने बनि नै नपरेका कारण बन्द गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
हिन्दू जागर नेपालका अभियान्ताले नेपालमामा जबसम्म धर्म परिवर्तन बन्द हुँदैन र नेपाल हिन्दु राष्ट्र हुँदैन तबसम्म अनिश्चित कालिन बन्द गर्नुपर्ने बताएका छन् ।
हिन्दू अभियान्ताले हिन्दू राष्ट्र नेपालका लागि बन्द गर्दा हुने पीडालाई सहन तयार रहेको समेत बताएका छन् ।
भर्खरै मात्रै बेलायती राजदूतले धर्म परिवर्तन गर्न प्रोत्साहित गर्छौं भनेर सभासदलार्इ खुल्ला पत्र लेखेको कारणले आज नेपाललाइ धर्म निरपेक्ष घोषणा गराउन बिदेशीको हात रहेको स्पष्ट हुँदै गएको आरोप समेत हिन्दू धर्मालम्बहिरुले लगाएका छन् ।
बन्द आयोजक हिन्दु जागरण नेपाल दाङले यदि धर्म परिवर्तन रोकिएन भने दाङ जिल्ला पुरै ठप्प पार्ने घोषणा समेत गरेको छ । हिन्दू जागर नेपालले पैसाको लोभा नेपालीको व्यक्तिगत चाहाना धर्म मान्न र नमान्ने अधिकार खोसेको आरोप समेत लगाएको छ ।
राज्य कमजोर भएका बेला नेपालको संस्कार र नेपाली को पहिचानलार्इ मेटाउन विदेशी शक्ति लागि परेको समेत हिन्दू जागर नेपालले बताएको छ ।
नेपाल सार्वभौम राष्ट्र मा किन बैदेशिक हस्त क्षेप ? यहाँ धर्मको मात्र कुरा छैन । नेपालको कानुनलार्इ आफ्नो हातमा लिने र नेपाल र नेपालीलाई गुलाम बनाउने षड्यन्त्र यी बिदेशीहरुले गरिरहेको हस्तक्षेप विरुद्ध समेत बन्द गर्नु परेको हिन्दू जागर नेपालले जनाएको छ ।
बेलायती राजदूत विरुद्ध हिन्दूधर्मालम्बी
हिन्दू धर्मावलम्बीहरुले बेलायती राजदूतले नेपालमा धर्म परिवर्तन गर्न प्रोत्साहित गर्छौं भन्ने अभिव्यक्तिको विरुद्ध विभिन्न विरोध जनाएका छन् ।
हिन्दू धर्मालम्बीहरुले बेलायती राजदूतावास अगाडी धर्ना बिरोध प्रदर्शन, बाल्मिकी क्याम्पस काठमाडौँमा विरोध कार्यक्रम, बिराटनगरमा प्रशासन समक्ष जुलुस र नारा सहित ज्ञापन पत्र बुझाउने र पुतला दहन एवम् झापाको दमकमा लगायत देश का विभिन्न स्थानमा राजदूतको पुतला दहन गरेको हिन्दू जागर नेपालले बताएको छ ।