'दुई घण्टामै सहमति गर्छु' भन्ने नेतालाई नेम्वाङको कडा जवाफ 'संविधान ल्याउँछौं-ल्याउँछौं भन्नुको अर्थ छैन'



subash
काठमाडौं, मंसिर १९ - पहिलो संविधानसभामा 'सबैको प्यारो' बन्न खोज्दा संविधान तुहिएको आरोप लागेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुप्रति एकपछि अर्को कडा अभिव्यक्ति दिन थालेका छन् ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको प्रतिवेदन शुक्रबार सिंहदरवारमा बुझ्दा पनि नेम्वाङले दलका नेताहरुप्रति छेडछाड गरे । 'कुनै पनि सहमति नगर्ने तर माघ ८ गते संविधान जारी गर्छौं, गर्छौं भन्नुको अर्थ छैन,' उनले भने, 'माघ ८ मा संविधान जारी गर्ने अभिव्यक्तिलाई व्यवहारमा पोख्नुपर्छ ।'
नियमावलीअनुसार माघ ८ मा संविधान जारी गर्न कठीन रहेको उल्लेख गर्दै नेम्वाङले 'फास्ट ट्रयाक'को नीति लिन दलहरुलाई आग्रह गरे । 'चलनचल्तीको भाषामा भन्दा 'फास्ट ट्रयाक'मा जान आवश्यक छ,' उनले भने, 'त्यसका लागि सहमति अनिवार्य छ ।'

संविधानसभाको बैठक मंसिर २३ गते बोलाइएको जानकारी दिंदै नेम्वाङले त्यसअघि नै सहमतिमा पुग्न दलहरुलाई आग्रह गरे । 'नियमावलीले संविधानसभाको बैठक डाक्न ३ दिनको समय दिन भनेको छ, मंसिर २३ गते संविधानसभाको बैठक बोलाइएको छ,' उनले ध्यानाकर्षण गराए, 'मंसिर २३ दिउँसो ३ बजेसम्म धेरै दुई घण्टा बाँकी छ, संवाद समितिको प्रतिवेदन टेबल गराउनुभन्दा अगाडि दलहरुबीच सहमति हुनुपर्छ ।'

नेम्वाङले माघ ८ मा संविधान जारी गर्न दलहरुबीच नियम निलम्बन गर्ने विषयमा पनि सहमति हुनुपर्नेमा जोड दिएका छन् ।



,

प्रतिक्रिया दिनुहोस्...