केटा हरु को यो ७ वटा बानीले तपाइँ र तपाईलाई मनपर्ने केटी तपाईबाट टाढा जान सक्छिन्..हेर्नुहोस ति के के हुन् त ?
केटीलाई मन नपर्ने केटाहरुको ७ वटा नराम्रो बानी
केटा केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानि उस्तै नभएपनि धेरै बानीहरु मिल्दा जुल्दा हुने गर्दछन् हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौँ । बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ । एक अर्को प्रति आकर्षण बढाउन आफूले पनि केही कुरामा ध्यान दिनुपर्छ । यहाँ हामीले केटीलाई केटाको मन नपर्ने बानीको चर्चा गरेका छौँ ।
१. दुर्गन्ध - कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।
२. अस्थिर - केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।
३. कन्याउने - कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।
४. अश्लिलता - खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।
५. खुला ठाउँमा पिसाव - केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।
६. डकार - केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
७ .घुरेर हेर्ने - केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।