सामाजिक कार्यमा नायक भुवन केशी / बाँडन थाले कपडा (तस्बिर सहित)


उमेर ढल्किन्दै गए पनि सधै सदबाहार देखिने नायक भुवन केशी सधै चर्चामा पनि आईरहन्छन र यिनै चर्चामा आईरहने सदाबाहर नायक भुवन केशी बुधबार फेरी एकपटक चर्चामा आए त्यो पनि सामाजिक कार्य गरेर ।   
 राजधानीको काठमाण्डौ महलमा अवस्थित फेसियल हाउसको सातौँ बर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरेको बार्षिक उत्सबको अवसरमा बिहिबार एक कार्यक्रमका बीच ललितपुरको बुंगमतिमा अवस्थित अनाथ अपांग बालबालिका संर्रक्षण मन्चमा  अपांग बालबालिकाहरुलाई कपडा वितरण गरिएको छ । 
कपडा वितरण गर्न नेपाली चलचित्रका सदाबाहर नायक भुवन केशी , नायिका तथा मोडल दिपासा बिसी , संगीतकार तथा गीतकार हरि बिष्ट तथा चलचित्र निर्देशक एबम सिनेमाटोग्राफर राजु के सी लगायतकाको उपस्थिति रहेको थियो । उक्त अवसरमा अपांग बालबालिकाहरुलाई खाना पनि खुवाइएको थियो । नायक भुवन केशी प्रमुख अतिथि भएको उक्त शुभकार्यलाई फेसियल  हाउसका प्रोपाईटर सुष्मा महराले आयोजना गर्नु भएको थियो ।  करिब डेढ सय जना बालबालिकाहरुलाई कपडा तथा खाना खुवाएको बताए आयोजक संस्थाले ।







प्रतिक्रिया दिनुहोस्...