लाहुरेहरूको कथा बोकेको माई प्रमिस पौष १८ मा


keki
ओएस नेपाल डटकम, ०९ पौष - पौष १८ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र माई प्रमिसको अब प्रदर्शन मिति पर नसर्ने निर्माणपक्षले जानकारी दिएको छ । बारम्बार प्रदर्शन मिति सार्दै आएको चलचित्र माई प्रमिस यूनिटले अब भने पुष १८ गते चलचित्र प्रदर्शनको सम्पुर्ण तयारी पुरा भईसकेको चलचित्रका निर्माता रमेशचन्द्र राईले जानकारी दिए ।
टंक लिम्बूसमेत निर्माता रहेको यो चलचित्रको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । केहि दिन अगाडी मात्र माई प्रमिस यूनिटले बौद्धमा रहेका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण देखी चलचित्र पत्रकार संघको कल्याणकोषका लागि आर्थिक सहयोग गरिएको छ । सो कोषका लागि यो चलचित्रको निर्माण पक्षले ७ हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।
चलचित्रमा महेश खड्काको संगीत, गोविन्द राईको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बनिश शाहको सम्पादन रहेको निर्माता राईले जानकारी गराए । माई प्रमिसमा रमेशचन्द्र राईसँगै केकी अधिकारी, विल्सनक्रिम राई, अनुराग कुँवर, नरकुमार लिम्बू, मार्टिन खानसहितको अभिनय छ । विदेशमा रहेका नेपाली लाहुरेहरूको कथा यो चलचित्रमा समेटिएको 





प्रतिक्रिया दिनुहोस्...