नयाँ वर्षमा बाँधिदैछन् रणबीर–कट्रिना ?


नयाँ दिल्ली – नयाँ वर्ष २०१५ को आगमनसँगै बलिउडका चर्चित कलाकार रणबीर कपुर र कट्रिना कैफको सम्बन्धमा नयाँ अड्कलबाजी सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर उनीहरुले ‘इन्जेगमेन्ट’ गर्ने योजना बनाएको केहि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कट्रिनाको परिवारसँग सन् २०१५ को नयाँ वर्ष मनाउने सोच बनाइरहेका रणबीर कपुरले त्यहि दिनमा नै आफ्नी प्रेमिका कट्रिना कैफसँग इन्गेजमेन्ट गर्ने अडकलबाजी गरिएको छ । सन् २०१५ को सुरुमा नै इन्गेजमेन्ट भएपनि उनीहरुको विवाह भने सन् २०१६ मा मात्र हुने बुझिएको छ । विवाहको लागि निकै हतार गरिरहेकी रणबीरकी आमा नितु कपुरको इच्छालाई सम्बोधन गर्दै उनले यो वर्ष इन्गेजमेन्ट गरेर अर्को वर्ष विवाह गर्ने योजना बनाएको उनको पारिवारिक श्रोतले बताएको छ । यता कट्रिनाकी आमा पनि छोरीको इन्गेजमेन्टको तयारीमा जोडतोडका साथ लागिपरेको बुझिएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्...