थाहा पाई राखौ...!कुन सपना देख्दा कस्तो फल मिल्छ ?


sleepहामी सुतेपछि सपना देख्छौ ,कुन सपनाले कस्तो फल दिन्छ बह्न्ने कुरा नि हामीलाई अलि अलि थाहा छ | गुरु ज्योतिष रामानन्द शर्माका अनुसार निदाएको बेला देखेको देख्ने सपनाको फल बिपनामा यस्तो हुन्छ :
बिजुली देख्नु – धनी भईने
जमिनमा मिल्नु – वरवादमा फसिन्छ
जङगलमा हिँड्नु – धार्मिक उन्नति गर्छ
जङ्गलमा खानु पिउनु – धेरै धन मिल्छ
माटो खानु – धेरै धन मिल्छ अथवा बेइज्जत हुन्छ
माटोमा हिँड्नु – धनी होइन्छ
ईनार खन्नु – आम्दानीको वृद्धि हुन्छ
आकाशमा उड्नु – टाढा–टाढाको यात्रा गरिन्छ
आकाशबाट झर्नु – समाजमा बेइज्जती हुन्छ
आकाश देख्नु – प्रतिष्ठा मिल्छ, सरकारबाट धन प्राप्त हुन्छ
आकाशमा बादल देख्नु– सरकारको कृपा हुन्छ
पानी पर्नु – बिरामी पर्ने या जाल झेलमा फसिनु
जमिनमा जोतेको, छरेको, रोपेको देख्नु – हरेक काम पूरा हुनु
आकाशका धूलो वा आँधी देख्नु– त्यस देशमा लडाई हुनु
इनारबाट पानी निकाल्नु – आम्दानीमा वृद्धि
इनारमा झर्नु – शोक वा सन्तापमा पर्नु
इनारबाट निस्कनु – सफलता
पानीमा हिँड्नु – उन्नति
खोलामा बाढी देख्नु – झगडा
नदीमा अध्यारो देख्नु – ठुलो शोक पर्छ, मानसिक रुपमा बिक्षिप्त
नदी या कुलोमा नुहाउनु – नयाँ खुसीको
कुलाको फोहोर पानी पिउनु – कुनै रोगमा फस्ने सूचना हो
फौज देख्नु – व्यवसायमा लाभ हुन्छ
डुङ्गा देख्नु – शोक वा दुःखबाट छुट्नु
पहाड देख्नु – शत्रुमाथि विजय प्राप्त
पहाडमा हिँड्नु – इज्जत मिल्छ
पहाडको मालिक हुनु – शत्रुलाई परास्त
फूल देख्नु – प्रेम मिलन
पान खानु – परस्त्रीसँग यौनसम्बन्ध
हरियो वन देख्नु – शुभ समाचार
सुख्खा वन देख्नु चिन्ता हुने
खाना बनाउनु – सन्तान बिरामी
सुन पाउनु – धन जाने, हानी हुने
सर्प मार्नु – कष्टबाट छुटकरा
बिरालोले टोक्नु– दुर्घटना पर्ने तर बच्ने






प्रतिक्रिया दिनुहोस्...