पर्यटकका लागि नेपाल विश्वकै दोस्रो सस्तो मुलुक


नेपाली जनता महंगीले आक्रान्त भएका, मूल्य अनियन्त्रित रुपमा बढेको भन्ने गरिए पनि विश्वस्तरीय मूल्यांकनमा नेपालमा महंगी नै छैन । नेपाल संसारकै दोस्रो सबभन्दा सस्तो मुलुक रहेको पाइएको छ ।

तर, यो सस्तो मुलुक नेपाली जनताका लागि नभै पर्यटकका लागि हो । पर्यटनको अपार सम्भावना रहेको नेपालको चिनारी विश्वमा अनेक छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलो, जैविक विविधताको धनीसंगै संसारकै सबभन्दा सस्तो गन्तव्यका रुपमा समेत हुने भएको छ । यी चिनारी नेपालको पर्यटन प्रबद्र्धनमा सहायक छन् । यससंगै यहाँको राजनीतिक अस्थिरता, सानोतिनो विषयमा पनि हुने बन्द हड्ताल नकारात्मक पाटो हो । पटकपटक धनी मुलुकहरुले नेपाल खराब गन्तव्य भन्दै भ्रमण नगर्न सूचना समेत जारी गर्नु गरेको छ । यी तमाम पक्षकाबीच नेपाल संसारको दोस्रो सस्तो गन्तव्यका रुपमा चिनिएपछि यहाँको पर्यटन व्यवसायमा आशाको नयाँ किरण संचार भएको छ । कारोबार दैीनकले छापेको समाचार अनुसार नेपालको दक्षिण छिमेकी भारतसंगै नेपाल संसारकै सस्तो गन्तब्यका रुपमा दरिएको छ । विश्व पर्यटन जगतलाई नै आश्चार्यचकित बनाउने गरी भारत सवै भन्दा सस्तो मुलुक बनेको छ भने नेपाल दोस्रोमा छ । खाद्यान्न, आयात, रेष्टुरेन्ट र उपयोगिताका अन्य औजारको मूल्यका आधारमा निर्धारण हुने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अनुसार ‘मुब हब’ नामक अन्तर्राष्ट्रिय संस्थाले यो सूची सार्वजनिक गरेको हो । अमेरिकाको न्यूयोर्क सहरको तुलनामा हुने जीवनयापन लागतका आधारमा सस्तो र महंगो मुलुकको वर्गीकरण गरिएको छ । कुनै पनि मुलुकको सीपीआई ७० अंकमा छ भने उसलाई न्यूयोर्कको तुलनामा ३० प्रतिशत सस्तो मानिन्छ । नेपालमा खाद्यन्न र बसोबास सस्तो रहेको सन्देशले पर्यटकको आकर्षण बढ्नेछ । तर, यसले विशिष्ट र बढी खर्च गर्ने पर्यटक नआउने जोखिम पनि उत्तिकै हुने जानकारहरु बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्...