कट्रिनालाई मेरो सुझाब ,”रणबिर संग बिवाह नगर्नु”
बलिउडमा यति बेला निकै चर्चाको बिषय बनेको छ कट्रिना र रणबिरको बिवाह प्रसंग |उनीहरुले आफुहरु विवाहको अन्तिम तयारीमा रहेको पनि बताउदै आएका छन तर रनाबिरकी पुर्व प्रेमिका दिपिका पादुकोणले भने यस्तो बिवाह नगर्न कट्रिनालाई सुझाव दिएकी छन |
दिपिका पादुकोण यतिबेला रणबिर शिंहसंग बिवाह गर्ने तरखर गर्दै छिन भने कट्रिना रणबिर कपुर संग बिवाह गर्ने अन्तिम निर्णयमा पुगेकी छन |रणबिर र कट्रिनाको इंगेजमेन्ट भएको एक साता भैसक्यो |तर पनि दिपिकाले कट्रिनालाई रणबिर संग बिवाह नगर्न सुझाब दिएकी छन | दीपिकाले सार्वजनिकरुपमै यस्तो सुझाव दिएकी हुन् । हालै एक कार्यक्रममा उनलाई सोधिएको थियो तपाई कट्रिनालाई के सुझाब दिन चाहनुहुन्छ भनेर उनले पनि ढिला नगरी उत्तर दिईन,कट्रिनालाई रणबिर संग बिवाह नगर्न सुझाब दिन्छु |उनले यस्तो सुझाब बेला बेला सार्बजनिक रुपमा नै दिदै आएकी थिईन |उपस्थीत कार्यक्रममा दीपिकाले कट्रिनालाई यस्तो सुझाव दिएपछि सवै छक्क परे । कट्रिना र रणबिरको बिवाहमा त अर्की नायिका सोनाम कपुर पनि बिश्वाश गर्दिनन उनलाई पनि एक कार्यक्रममा यो बर्षमा अर्थात् सन् २०१५ भित्र पहिलो- सलमान खानको बिबाह, दोस्रो- तीन खान एकसाथ फिल्ममा अभिनय र तेस्रो- रणवीर-कट्रिना बिबाह मध्ये कुनमा सम्भावना देख्नुहुन्छ भनि सोधिएको थियो उनले पनि कुनैमा सम्भावना छैन भनि उत्तर दिएकी थिईन | दिपिकाले रणबिरको चकलेटी स्वभावको बारेमा पहिले देखिनै टिप्पणी गर्दै आएकी थिईन |केहि वर्षा अघि कारण जोहरको एक कार्यक्रममा त झन् उनले आफ्नो पूर्व प्रेमी रणबिर कपुरलाई कण्डम उपहार दिन चाहेकी बताएको थिईन भने कट्रिनाको पासपोर्ट हेर्न मन लागेको भन्दै व्यंग्य पनि गरेकी थिईन |