एयरएसिया विमानको फ्लाइट डाटा रेकर्डर फेला, सिंगापुर पुग्न केवल ४२ मिनेट बाँकि थियो
केहि साता अघि जाभाको समुद्र क्षेत्रमा १६२ यात्रुसहित दुर्घटनाग्रस्त एयरएसियाको विमानको पहिलो ब्ल्याक बक्सका साथै उडानसम्बन्धी तथ्याङ् विवरण रहने यन्त्र ‘फ्लाइट डेटा रेकर्डर’ फेला परेको छ | विमान किन दुर्घटनाग्रस्त भयो भन्ने सम्बन्धमा थाहा पाउने प्रयासमा सम्भावित नयाँ उपलब्धि प्राप्त गर्न सघाउने ‘फ्लाइट डेटा रेकर्डर’लाई इन्डोनेसियाका पौडीबाजहरूले सोमबार फेला परेका हुन् |
पौडीबाजहरूले पहिलो ब्ल्याक बक्स फेला पारेको स्थानबाट केही पर दोस्रो ब्ल्याक बक्स अथार्त ‘फ्लाइट डेटा रेकर्डर’ फेला पारेका थिए । यसो भए पनि दोस्रो ब्ल्याक बक्स भग्बनावशेषबीच परेकाले त्यसलाई प्राप्त गर्न नसकिएको अधिकारीहरूले बताए । उनीहरूले दुर्घटनाको नयाँ नाटकीय विवरण पनि दिएका छन् । उनीहरूले दबाबमा छिटो परिवर्तनका कारण विमानमा पानीमा छुनासाथ विस्फोट भएको बताए ।
नौसेनाका पौडीबाजहरूले ‘फ्लाइट डेटा रेकर्डर’ बिहानै जहाजमा ल्याएको राष्ट्रिय उद्धार प्रमुख बामबाङ सोएलिस्त्योले बताउनुभयो । यसअघि उनीहरूले चौध दिनसम्म दिक्कलाग्दो खोज गरेका थिए र त्यसलाई पनि खराब मौसमले प्रभावित बनाएको थियो । सोएलिस्त्योले जकार्तामा पत्रकारहरूलाई आफूहरूलाई ‘फ्लाइट डाटा रेकर्डर’ भनिने ब्ल्याक बक्सको एक भाग समुद्रबाट माथि ल्याउन सफलता प्राप्त भएको बताउनुभयो ।
उद्धार संस्थाका निर्देशक एस.बी. सुप्रियादीले दोस्रो रेकर्डरमाथि ल्याउने प्रयास मङ्गलबार आरम्भ हुने बताउनुभयो । उक्त ब्ल्याक बक्स पहिलो ब्ल्याक बक्सभन्दा करिब २० मिटर पर जहाजको पखेटामा च्यापिएर रहेको जानकारी दिइएको छ ।