कतारमा मृत्यु हुनेको प्रमुख कारण सुतेको सुत्यै


 वैदेशिक रोजगारका लागि खाडीका ६ देश आएका नेपालीमध्ये एक वर्षभित्र ५ सय ४९ जनाको मृत्यु भएको छ । त्यसमा २० महिला छन् । खाडीस्थित नेपाली दुतावासका अनुसार सन् २०१४ मा उनीहरूको ज्यान गएको हो । सबै देशमा अघिल्ला वर्षका तुलनामा मृत्यु हुनेको संख्या भने घटेको छ । अघिल्ला वर्ष ६ सय बढीको ज्यान गएको थियो ।

सबभन्दा बढी ज्यान जानेमा साउदी अरबमा २ सय ४९, कतारमा १ सय ४९, युएईमा ६३, कुबेतमा ४१, बहराइनमा १३ र ओमनमा १० जना छन् । तीमध्ये कुबेतमा १०, युएईमा ७, साउदीमा २ र कतारमा एक जना महिलाको मृत्यु भएको छ ।

साउदी अरबका लागि नेपाली राजदुत उदयराज पाण्डेले साउदीमा मृत्यु हुने बढी जसो विषाक्त मादक पदार्थ खानेहरु रहेको बताए । सुतेकै सुते हुने स्थिति छ । उनीहरु बढीजसो विषाक्त मादक पदार्थ सेवा गर्छन्, पाण्डेले भने,त्यसपछि सडक दुर्घटना र कार्यस्थलमा काम गर्दा गर्दै मृत्यु हुने गरेको पाइएको छ ।

यो वर्ष पनि कतारमा मृत्यु हुनेहरू प्रमुख कारण सुतेको सुत्यै छ । दुताबासका अनुसार मृत्यु भएका १ सय ७३ मध्ये ७७ जना प्राकृतिक मुत्यु सुतेको सुत्यैभएको छ भने सडक दुर्घटना २० र कार्यस्थल मृत्यु १९ जना रहेको छ ।

कतारको निर्माणधीन प्रोजेक्टहरुमा सुरक्षा मापदण्ड कडा भएकोले कार्यस्थलमा मृत्यु हुनेको सख्या न्युन भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।





प्रतिक्रिया दिनुहोस्...