अवतरणका क्रममा विमान दुर्घटना


 भारतको कोलकाता विमानस्थलमा एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त विमानमा १४४ जना यात्रु सवार रहेको समाचारमा उल्लेख छ ।

अवतरणका गर्ने क्रममा विमानको पछाडीको भागले जमिन छोएपछि आगो लागेको बताइएको छ ।

मुम्बाइबाट कोलकाता आएको उक्त विमान अवतरणका क्रममा ठूलो आवाज गर्दै विमानस्थलमा बझारिएको समाचारमा जनाइएको छ ।

उक्त दुर्घटनामा यात्रुको अवस्थाबारे विवरण आउन सकेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकि छ ।





प्रतिक्रिया दिनुहोस्...