ज्योतीको प्रश्तुती उत्तेजक वन्दै - जापानमा दर्शकले लेखे आई लभ यू -


जापान । ‘जिम्मालबाकी छोरी’ भन्दै स्टेज कार्यक्रममा आफ्ना उत्तेजक हर्कत देखाएर चर्चामा आएकी लोकगायिका ज्योती मगर पछिल्लो समयमा झन् हौसिदै आधी स्तन देखाएर स्टेज तताउन थालेकी छिन् । स्वदेशभित्रका केही कार्यक्रममा ज्योतीको उत्तेजक हाउभाउप्रति दर्शकले तत्कालै बिरोध जनाए पनि ज्योतीले त्यसलाई केही फरक पारेको छैन् । उनी आफ्नो प्रदर्शनमा व्यस्त छिन् । बिहीबार जापानको राजधानी टोक्योमा आयोजित कार्यक्रममा उनी सोही गीत झन् उत्तजेक रुपमा प्रस्तुत भइन् । उनको त्यो प्रस्तुतीले दर्शकहरूलाई मन थाम्नै गार्हो परेको कुरा समेत वाहिर आयो । उनको नृत्य शैली हलिउड गायिका बि्रटनी स्पेयर्स र माइली साइरसको झैं देखिन्थ्यो ।   तर, ज्योतीले टोक्योका दर्शकबाट बिरोधको सामना गर्नु परेन् । उनको हाउभाउ देखेर पाको उमेरका दर्शकले नाक खुम्चाए पनि तन्नेरीहरुले राम्रैसित जोस भरिदिए र मज्जाले झुमे । सुरुमा मगर भेषभुषामा स्टेजमा उत्रेकी ज्योती निकै सभ्य रुपमा प्रस्तुत भएकी थिइन् । केही गीत गाएर स्टेजवाट बाहिरिएकी ज्योति दास्रो पटक भने विल्कुल भिन्न गेटअपमा प्रस्तुत भइन् ।  छात्ती निकै खुल्ला भएको ब्लाउज लागाएकी ज्योतीले लेहंगा लगाएकी थिएन्, उनको पोशाक हेर्दा लग्थ्यो उनी केबल तीघ्रा देखाउन चाहन्छिन् । कार्यक्रमा गायक सुगम पोखरेलले पनि विभिन्न गीत प्रस्तुत गरेका थिए । सुगमको गीत सुनेर मनोरञ्जन लिने दर्शकहरुले ज्योतीको भने गीतमा भन्दा ज्यानमै धेरै ध्यान दिएका थिए ।ज्योतीको हर्कत देखेर हौसिदै कागजमा ‘आइ लभ यु’ लेख्ने तन्नेरीको संख्या धेरै थियो । पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ज्योतीले केही चर्चित गीत गाएकी थिइन् ।




प्रतिक्रिया दिनुहोस्...