बिजुलीबजारमा प्रचण्डमाथि लाठी प्रहार, प्रचण्डका सुरक्षाकर्मी घाइते -


बन्दकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि राजधानीको बिजुलीबजारमा तनाब भएको छ । मंगलबार विधानभसाको बैठक सकिएसँगै नाराबाजी गर्दै निस्किएका एमाओवादी नेता एवं सभासद विजुली बजारमा आइपुग्दा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा बन्द कर्ताले प्रहार गरेको लाठीले लागेर एमाओवादी पुष्पकमल दाहालका सुरक्षामा खटिएका प्रहरी मनोज थापा समेत घाइते भएका छन्। मंगलबारको बन्दमा सडकमा उत्रिएका बन्दकर्तालाई सम्बोधन गर्न बिजुलीबजार आइपुगेका अध्यक्ष प्रचण्ड लगायतका नेतामाथि समेत लाठी तेर्सिएको हो । प्रहरीको घेरामा रहेका प्रचण्डलाई आन्दोलनकारीकै भाटाले लाग्न लाग्दा उनका सुरक्षाकर्मीले छेकेका थिए । झडपमा एमाओवादी नेत जनार्दन शर्माको टाउमा चोट लागेको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ । शर्मा सहित एमाओवादी महिला सभासद पनि घाइत भएका छन् । स्थिति तनावपूर्ण भएपछि एमाओवादी अध्यक्ष दाहाललाई प्रहरीले आफ्नो भ्यानमा राखेर संविधानसभाको भवन तर्फ लगेको छ सभालाई वरिष्ठ नेता बाबुराम भट्टराईले सम्बोधन गर्ने भएका छन्।




प्रतिक्रिया दिनुहोस्...