राजधानीको आकासमा रहस्यमय मुस्लो


smoke
काठमाडौं, माघ ६ – राजधानीको आकासको चौतर्फी एक्कासी धुँवाको मुस्लो देखिएको छ । लतिलपुर माथिको आकास,नागार्जुन माथिको भाग लगायत क्षेत्रमा यस्तो धुँवाको मुस्लो देखिएको हो ।
प्रत्यक्षदर्शीहरुले रकेट जस्तै बस्तु बिस्तारै आकासमा उडेको र त्यसबाट मुस्लो बिस्तारै सानो हुँदै छरिएर आकासमा फैलिएको बताएका छन् । यद्यपि, यो के भएको हो भन्नेबारेमा भने केही पनि थाहा हुन सकेको छैन ।
सुरक्षा स्रोतले भने बिहान ११ः३० तिर राजधानीको आकासमा विभिन्न ठाउँमा छरिएर  देखिएको मुस्लो  कुनै शंकास्पद धुँवाको मुस्लो नभई चिसोका कारण निस्किएको बाफ भएको दाबी गरेको छ ।
जाडो याममा कहिलेकाहिँ ठूलो प्लेनहरु उड्दा केहि मुस्लोजस्तो आकाशमा देखिने तर त्यो मुस्लो नभएर चिसोको कारण देखिएको बाफ भएको सुरक्षा स्रोतको भनाई छ ।
यस्तै अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले पनि त्यो कुनै शंकास्पद बस्तु नभएको बताएका छन् ।
 प्रत्यक्ष दर्शीका अनुसार भने  उक्त वस्तु प्लेन उड्ने भन्दा निकै कम उचाइँमा उडिरहेको थियो ।
बन्दको दिन राजधानीको आकासमा एक्कासी धुवाँको मुस्लो देखिएपछि मानिसहरु आश्चर्यका साथै त्रसित बनेका थिए ।






प्रतिक्रिया दिनुहोस्...