कुन महिनामा जन्मिएका महिला वा पुरुष कस्ता हुन्छन ?
कुन महिनामा जन्मिएका महिला वा पुरुष कस्ता हुन्छन ?
मोर्डन ज्योतिषी - एलेक्स सुबेदी
बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन।
जेष्ठ - यो महिनाको मानिस चतुर, पौरखी, तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन।
असार - यो महिनाको महा अल्छी, रोगि, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन।
साउन - यो महिनाको मानिस विलासिताको जीवन बिताउन खोज्ने, धनि, विद्वान, सांसारिक सुख भोग गर्न पाउने हुन्छन।
भदौ - यो महिनाको मानिस पुरुष भए महिलाको र महिला भए पुरुषको सेवा गर्ने, विलासिताको जीवन बिताउने, प्राय बिरामी परिरहने, घर भन्दा बाहिरै बस्न बढी मनपराउने, आटेको काम गरि हाल्ने हुन्छन।
अशोज - यो महिनाको मानिस कम आयु भएको, समाजसेबी, सम्मान पाउने, उदार दिल भएको, महिलाको कारण अपजस पाउने हुन्छन।
कार्तिक - यो महिनाको मानिस केहि अल्छी, काम कम कुरा धेरै गर्ने, सुख दुख ख्यालै न गरि जीवन बिताउने, सत्रु धेरै भएको हुन्छ।
मङ्सिर - यो महिनाको मानिस धर्मात्मा, बिद्द्वान, बढी भ्रमण गर्ने, यश कृति सम्पति प्राप्त गर्ने, पारिवारिक जीवन सुखमय बिताउने हुन्छन।
पौष - यो महिनाको मानिस धनवान, चतुर, काम मा कुसल , विलासिताको कारण दुख पाउने, बिरामी परि रहने हुन्छन।
माघ - यो महिनाको मानिस शान्त, सौम्य , समयसी, परोपकारी, साधारण जीवन बिताउने, यात्रा गर्दा अपजसको भागिदारी हुने गर्छन।
फागुन - यो महिनाको मानिस कामुक, बिलासिता, संगीतकारको प्रेमी, अनुरागी, अनौठा कार्य गर्ने, बिना कारण अपयशको भागिदारी हुने गर्दछन।
चैत्र - यो महिनाको मानिस प्रसन्न र हसिलो चेहराको हुन्छन, धर्ममा आस्था रख्नी, सात्विक प्रकृतिको, दुर्दर्सि बिचार राख्ने, संकट आउदा साहसका साथ सामना गर्न सक्ने हुन्छन।