क्षत्विक्षत् अवस्थामा चार वर्षीया बालिकाको शव उँखुबारीमा


रौतहटको टेंग्राहा गाविसमा प्रहरीले आज एक बालिकाको शव फेला पारेको छ । केही दिनदेखि घरबाट अचानक हराएकी ती बालिकाको शव गाउँदेखि दक्षिणमा रहेको उखुबारीमा शव फेला परेको हो । शव स्थानीय टेंग्राहा गाविस–७ बस्ने मनोज साहको चार वर्षीया छोरी रुवी कुमारीको रहेको प्रहरीले जनाएको छ । घरबाट गायब भएको जानकारीपछि खोजतलास गर्ने क्रममा ती बालिकाको शव क्षत्विक्षत् अवस्थामा फेला परेको र शवको प्रकृति हेर्दा स्यालले टोकेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्...