चीनमा डुंगा डुब्दा २१ को मृत्यु भएको पुष्टि;


चीनको सबैभन्दा लामो नदी याङ्जेमा परीक्षण सञ्चालमा रहेको अन्य डुङ्गालाई तान्ने डुङ्गा ‘टगबोट’ डुब्दा २१ व्यक्तिको मृत्युभएको पुष्टि भएको जानकारी सिन्ह्वा समाचार संस्थाले शनिबार दिएको छ ।

पच्चीस व्यक्तिसहित जियाङसु प्रान्तमा परीक्षण सञ्चालनमा रहेको उक्त डुङ्गा बिहीबार अपरान्ह डुबेको ४० घण्टापछि शनिबार बाहिर निकालिएको थियो । ढुङ्गामा रहेका आठ व्यक्ति विदेशी नागरिक भएको बताइएको छ ।

उक्त डुङ्गाका तीन व्यक्तिलाई उद्धार गरिएको सिन्ह्वाले उल्लेख गरेको छ । एक अर्का व्यक्ति अझै हराइरहेका छन् । उक्त डुङ्गामा रहेका सबै पुरुष भएको बताइएको छ ।


उद्धारकर्मीहरूले हालै बनेको उक्त डुङ्गाको चालकस्थल अझै खोजिरहेको बताइएको छ । उनीहरूले हराएका व्यक्तिको पनि खोजिगरिरहेका छन् ।

सिङ्गापुरका विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उक्त जहाज आफ्नो नगर राज्यमा दर्ता भएको र उसका चार नागरिक डुङ्गामा रहेको जानकारी दिए ।

साङ्घाइमा रहेका जापानी तथा भारतीय वाणिज्यदूतावासले आफ्ना एक नागरिक पनि उक्त डुङ्गामा रहेको जानकारी दिएका छन् । स्थानीय अधिकारीहरूले उक्त डुङ्गामा मलेसिया तथा इन्डोनेसियाका एक÷एक नागरिक भएको जानकारी दिए भनी उद्धरण गरेको छ ।

उक्त डुङ्गाबाट बाँच्न सफल वाङ झेनकाइले अस्पतालबाट सरकारी टेलिभिजनलाई उक्त डुङ्गामा २० सेकेन्डमै पानी भरिएको जानकारी दिए । उक्त डुङ्गा चीनमा बनेको समाचारमा उल्लेख गरिएको छ ।

दुर्घटना जिङजियाङ तथा झाङजियागाङ नगरको बीचमा भएको बताइएको छ । प्रान्तीय सरकारले उक्त डुङ्गा राम्रोसँग तयार नभइकन तथा त्यसको अवस्थाका विषयमा जानकारी नदिइकन परीक्षण गरिएको आरोप लगाएको छ ।





प्रतिक्रिया दिनुहोस्...