नेपाल एयरलाइन्सको नयाँ विमान कहाँ कहाँ जान्छ ?


 नेपाल वायुसेवा निगमले खरिद गरेको नयाँ ठूला जहाजले उडान भर्ने गन्तब्यहरु पहिचान गरेको छ । युरोपबाट आउन लागेको एयरबस कम्पनीको ए–३२०–२०० कल साईनको जहाज प्राप्त भएपछि निगमले उडान विस्तार गर्न लागेका ५ गन्तव्यमध्ये ४ गन्तव्य चिन र भारतमै हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । नयाँ जहाजले भारतको नयाँ दिल्ली, बैङलोर र मुम्बई तथा चीनको ग्वान्झाओमा उडान भर्ने तालिका तय भएको छ ।

चिन र भारतबाहेक नयाँ बिमानले संयुक्त अबर ईमिरेट्समा पनि उडान भर्ने शर्माले बताउनुभयो । निगमले नयाँ जहाजबाट पहिलो उडान भारतको नयाँ दिल्लीमा गर्ने योजना बनाएको छ । दोस्रो जहाज प्राप्त भएपछि भारतको मुम्बईमा उडान विस्तार गर्ने निगमको योजना छ । भारत र चिनबाट नेपाल आउने पर्यटकको सङख्या बढिरहेकाले निगमले अन्तरराष्ट्रिय उडानलाई छिमेकी मुलुकका शहरमा विस्तार गर्न लागेको निगमका प्रवक्ता शर्माले जानकारी दिए ।

दुबई भने वैदेशिक रोजगारीमा आवतजावत गर्ने नेपालीका लागि प्रमुख गन्तव्य भएकाले त्यहाँ पनि उडान गर्ने योजना बनेको निगमको भनाई छ । यसैगरी हङकङ र बंैककमा पनि उडान भर्नेबारे छलफल अघि बढेको निगमले जनाएको छ । निगमले युरोपको एयरबस कम्पनीबाट माघ २४ गते पहिलो बिमान नेपाल भित्र्याउनेछ भने अप्रिलिमा दोस्रो बिमान नेपाल ल्याउने तायरी पनि छ ।

पहिले आउने एयरबसलाई ‘सगरमाथा’ नाम दिर्ईएको छ भने दोस्रोलाई ‘लुम्बिनी’ नाम रखिएको प्रवक्ता शर्माले बताए । १ सय ५८ सिट क्षमताको दुबै एयरबसमा १ सय ५० सिट इकोनोमी र ८ सिट बिजनेस क्लासका हुने निगमले जनाएको छ । नयाँ जहाज आएपछि नयाँ गन्तव्य थपेर उडान सुरु हुने प्रवक्ता शर्माको भनाई छ । एयरबसले व्यावसायिक उडान सुरु गरेपछि निगमसँग ७ वटा जहाज हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्...