आन्दोलन कै बिचमा राजधानीमा शक्तिशाली बम बिष्फोट


३ माघ, काठमाडौ ।

संविधान जारी गर्ने भनिएको मिति नजिकिदै जाँदा राजधानी केन्द्रित अपराधिक क्रियाकलाप बढेका छन् । त्यस्तै छनक दिनेगरी शुक्रबार राति काठमाण्डौको स्विचाटारस्थित एक घरमा बम विस्फोट भयो । विस्फोट लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक सुतली बम, पेस्तोल र गोली बरामद गरेको थियो ।


राजधानीको स्विचाटारस्थित कृष्णहरि बिडारीको घरमा शुक्रबार राति बम पड्केको हो । विडारीको घरमा १० महिनादेखि भाडामा बस्दै आएका अमृत शर्माको कोठामा असावधानीबस एकाएक बम बिस्फोट भएको हो । शर्माले त्यहाँ बम बिस्फोट गराउन चाहेको नभइ राजधानीका संवेदनशील स्थानमा बिस्फोटका लागि ल्याइएको बम भण्डारमा साबधानी नअपनाइएकाले बिस्फोट भएको हो ।


विष्फोटमा परि उनको कोठामा पाहुना लाग्न आएकी २५ बर्षिया सिमा राई सामान्य घाईते भएकी छिन् । राईलाई महानगरिय प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिई छानविन थालेको छ । कोठा भाडामा बस्दै आएका मुख्य अभियक्त अमृत शर्मा भने फरार छन् । घटनास्थलबाट तराई जनतान्त्रिक ज्वाला मुक्ति मोर्चाको पर्चा फेला परेको थियो ।

प्रहरीले शर्माले चढ्दै आएको बा ६४ प ३०३३ नम्बरको २ सय २० सिसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ । संविधान जारी गर्ने भनिएको तिथि नजिकिदै जाँदा बिभिन्न भुमिगत गिरोहले राजधानी केन्द्रित गतिविधि बढाएको यो पछिल्लो नजिर हो । कोठा भाँडामा लिएर आतंक मच्चाउने गिरोहहरु सक्रिय भएको प्रहरीको ठम्याइ छ । कोठा भाँडाको प्रलोभनमा नाम, ठेगाना, काम तथा प्रयोजनको सोधखोज नगरी भाडामा लगाइने प्रबृत्तिले अपराधनीको मनोबल बढेको प्रहरीले जनाएको छ ।

भाँडामा बस्ने व्यक्तिको सम्पुर्ण विवरण लिएर मात्र घर भाडामा लगाउन महानगरिय प्रहरी परिसरका प्रमुख उत्तमकुमार कार्कीले बताएका छन् ।अमृत शर्मा जस्ता कयौ आतंकको प्रयोजनले, अपराधिक मानसिकता बोकेर राजधानीमा निर्वाध छिर्ने र डेरा जमाएर बस्नेहरुको कोपभाजनमा काठमाण्डौ जतिसुकै बेला पर्न सक्छ ।

माछा मार्ने भनेकै धमिलो पानीमा हो । राजनीतिक दलहरुबीच संविधानको सहमति या प्रक्रियाको रस्साकस्सीको फाइदा यस्ता भुमिगत गिरोहले उठाइरहेका छन् । यसर्थ सबै प्रकारका आतंक, भय तथा हुलहुज्जत नियन्त्रण तथा न्युनिकरणका लागि संक्रमणकाल अन्त्य गर्न सुविधाको संविधान यसको प्रस्थान विन्दु बन्न सक्छ ।




प्रतिक्रिया दिनुहोस्...