कारागारमा कोचाकोच, सुत्केरीको सुताइ सिमेन्टमा


बर्दिया, माघ २ । बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । महिलाहरु त झन दोहोरो पीडामा छन् ।

एकातिर सुत्केरी महिलाको शरीर, अर्कोतिर कारागारभित्र सिमेन्टमै ओछ्यान लगाएर सुत्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा उनीहरुको शरीर चिसोले दुख्ने र महिनावारीमा पनि समस्या भएको छ । कारागारभित्र शुद्ध पिउने पानीको अभाव छ

आर्सेनिकयुक्त गन्हाउने पानीको दिनहुँ प्रयोगले गर्दा नङहरु कालो हुने, खुट्टाको पाइतालामा छ्याकछ्याक परेको छिद्रहरु जस्ता आर्सेनिकले हुने असरहरु बन्दीकैदीहरुमा देखिएको छ ।

बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु भएका कारण भेडाबाख्रा जस्तै कोचिएर बस्नुपर्ने बाध्यता छ । कारागारमा महिला र पुरुष गरी २ सय ६ जना कैदीबन्दीहरु र एकजना बालक पनि छन् ।

पुरुष कारागारको क्षमता १ सय भएपनि १ सय ९६ जना कैदीबन्दीहरु रहेका छन् ।

महिलातर्फ भने २५ जनाको क्षमता भएको कारागारमा १० जना र एक जना बालक छन् । क्षमताबभन्दा बढी कैदी भएका कारण शौचालयको समेत समस्या देखिएको छ । 





प्रतिक्रिया दिनुहोस्...