न्यायधीशका हत्यारा भन्छन्: प्रहरीले समातेपछि बल्ल आनन्द भो
फोटो :प्रजीत ताम्राकार
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि दुईपटक पक्राउ परेर छुटेका घटनाका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापा हत्याको पछुतोले निकै तड्पेका रहेछन्, साथै उनलाई हत्या अभियोगमा फेरि पक्राउ पर्छु भन्ने विश्वास पनि रहेछ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थापाको बयान यस्तो छ, 'पहिला प्रतिशोधले हत्या गरियो, घटनापछि न राम्ररी खान रुच्थ्यो, खाली त्यही घटना झल्झली आउँथ्यो, धेरै दिन मनमनै तड्पिएँ, प्रहरीले समात्यो अब आनन्द भो।
२०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएका थिए।
ललितपुर प्रहरीले पुन: थापालाई पक्राउ गरेर हतियाबारे सोधपुछ गर्दा उनले अस्वीकार गरेका थिए। त्यसपछि सार्वजनिक मुद्दाकम थापा मुक्त भएका थिए। 'दुईपटकसम्म प्रहरीले पक्राउ ग:यो। तर झूटो बोल्दा म बाहिर निस्कन सफल भएँ।
अहिले फेरि पक्राउ परेपछि अब राजनीतिक यात्रा यति नै रहेछ भन्ने सम्झिएको छु', थापालाई उद्धृत गर्दै सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने। 'जतिबेला मेरो राजनीति माथि उठ्न लाग्दै थियो, बमको अन्तरिम आदेशपछि तल गि:यो, मैले रिस थाम्न सकिनँ र मार्ने योजना बनाएकै हुँ, अहिले पश्चात्ताप छ', थापाले बयानमा भनेका छन्।

डीआईजी ठकुरीका अनुसार बयानका क्रममा थापाले घटनाक्रम सुरुदेखि नै स्वीकारेका छन्। 'पहिला थापामाथि शंका गर्दा हामीसँग जुन प्रमाण थियो, त्यो अहिले उनले बयान दिएका आधारमा भिडाउँदा धेरै मिल्छ, थापाले तीन पानाको बयान सजिलै दिएका छन्', ठकुरीले भने। एक पत्नी र दुई छोरी रहेका थापा पाँच भाइमध्ये काइँला हुन्। थापाका माइला दाजु... जनकपुरमा बम पड्काए र एकजना घाइते भएको घटनामा जेलमै छन्।
यसैबीच न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आइतबार पक्राउ परेका चारजनालाई थुनामा राखी अनुसन्धान गर्न सात दिन म्याद दिएको छ। घटनास्थल ललितपुर भए पनि ललितपुर प्रहरीले महानगरीय प्रहरी आयुक्त, आयुक्तले अपराध अनुसन्धान विभाग र महानिरीक्षकको कार्यालयले सीआईबीलाई जिम्मेवारी लिन निर्देशन दिएको डीआईजी ठकुरीले बताए।
कसरी पक्राउ परे थापा समूह
थापा र प्रेमराज खड्का सर्लाहीमा तथा शिव भनिने करण चौधरी र दीपक कर्ण जनकपुरमा रहेको सूचना पाएपछि एक साताअगाडिदेखि सीआईबीले प्रहरी परिचालन गरेको थियो। थापा लागूपदार्थको कुलतमा लागेको सूचना पाएपछि सर्लाहीको मिलनचोक ढुंगेखोलामा सीआईबी र सर्लाही प्रहरीको टोली परिचालित भएका थिए।
सर्लाही, जनकपुर र महोत्तरीसम्म पकड जमाएका थापालाई पक्राउ गर्न प्रहरी टोलीले उनलाई ढुंगेखोलाबाट करिब सय मिटर टाढा खोकीको औषधि 'कोरेक्स' सेवन गर्दा पक्राउ गरेको थियो। पक्राउ गरेपछि थापाले प्रहरीलाई भन्न भ्याए, 'प्रहरी आएको सूचना त पाएको थिएँ तर अर्कै केसमा पक्राउ गर्न आएको होला भन्ठानेको थिएँ।'

थापाले जनकपुरका एक ट्राफिक प्रहरी निरीक्षकसँग झगडा गरेका रहेछन्। जनकपुरबाट प्रहरी आएको सोचेर बसेका थापा न्यायाधीश बम हत्यामा समातेको जानकारी पाएपछि छाँगाबाट खसेजस्ता भएका थिए।
थापालाई पक्राउ गरेपछि उनका सहयोगी खड्कालाई पक्राउ गर्न प्रहरीलाई सहज बनेको थियो। कर्ण र चौधरी थापाभन्दा अगाडि नै जनकपुरबाट पक्राउ परेका थिए। कर्ण र चौधरीमार्फत थापालाई फोन म्पर्क गराएर उनी बसेको स्थान पत्ता लगाउन प्रहरीलाई सहज भएको थियो। 'ह्युमन इन्टेलिजेन्स र प्रविधिबाटै यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो', ठकुरीले भने।
बधाई दिन सीआईबी पुगे गिरी
दुई हात जोड्दै आइतबार अपराह्न सीआईबी पुगेका राम गिरीले प्रहरीले गरेको कामको उच्च प्रशंसा गरे। उनले तत्कालीन घटना विवरण पनि सुनाउन भ्याए। 'मुखमा मास्क लगाएर कार रोक्यो। न्यायाधीश बमसँगै थिएँ। अंगरक्षकले गाडीबाट ओर्लेर सोधपुछ गर्दा उसलाई गोली हान्यो।
मैले श्रीमान् (बम) बन्दुक पो निकाले त भन्दा झ्यालबाट हामीतिर गोली हान्न सुरु गर्यो', गिरीले भने। घटनाका साक्षी गिरीसँगै बमका छोरीज्वाइँसमेत सीआईबी पुगेका थिए। उनीहरूले अभियुक्तमाथि कडा सजाय दिलाउन सीआईबी प्रमुखसँग माग गरेका थिए।