सजिलो छैन यहाँ दुलाहा बन्नः दुलहीलाई बोकेर बलिरहेको कोइलामाथि हिँड्नु पर्ने चलन


सजिलो छैन यहाँ दुलाहा बन्नः दुलहीलाई बोकेर बलिरहेको कोइलामाथि हिँड्नु पर्ने चलन




नेपाली समाजमा विवाह भइसकेपछि दुलाहा आफ्नो नव विवाहित दुलहीसँग निकै खुसी भएर गृह प्रवेश गर्ने गर्दछ । तर संसारमा यस्तो एउटा देश पनि छ जहाँ दुलहीको गृह प्रवेश गराउनका लागि दुलाहाको ज्यानसमेत जानसक्छ । यहाँ नवविवाहित दुलहीलाई आफ्नो घरमा भित्र्याउनका लागि दुलाहाले उनलाई आफ्नो पिठ्युँमा बोकेर बलिरहेको कोइलामाथि हिँड्नुपर्ने हुन्छ ।
यो अचम्मको परम्परा हाम्रो छिमेकी मुलुक चीनको हो । जहाँ दुलाहा बन्नु नेपाली संस्कार जस्तो सजिलो छैन । क्रेभ बिट्सले यो परम्परालाई संसारभरि विद्यमान अचम्मको मूल्य मान्यताको सूचिमा दोस्रो नम्बरमा राखेको छ ।
त्यहाँ दिइएको जानकारी अनुसार विवाहको क्रममा गृह प्रवेश गराउँदा अपनाइने यो तरिकाले दुलहीलाई प्रसवको दौरान हुने पीडाबाट मुक्ति मिल्नेछ र उनको सजिलै बच्चाको जन्म दिन सक्छिन् ।




प्रतिक्रिया दिनुहोस्...